Gorkha Sansar

अधिबक्ता पाण्डे माथी कारबाहीको माग सहित रयाली तथा कोण सभा सम्पन्न

भाद्र १, गाेरखा ।

अधिवक्ता भगवती पाण्डे माथि कारबाहीको माग गर्दै पालुङटार नगरपालिका वडानम्बर  ७ का तामाङ्ग र मगर समुदायले आज र्याली तथा कोणसभा सम्पन्न गरेका छन् ।        पालुङटार नगरपालिका वडानम्बर 7 कार्यालय आसपास का  विभिन्न क्षेत्रहरुमा मगर तथा तामाङ समुदायका व्यक्तिहरु ले र्यालीमा सहभागीता जनाएका थिए ।

अधिवक्ता पाण्डेले प्राइम टेलिभिजन द्वारा 2080 साउन 7 गते प्रसारित चियागफ कार्यक्रममा सिङ्गो तमाङ र मगर समुदायको वैवाहिक रीतिरिवाज माथी गलत ढंगले व्याख्या गरेको मा विरोधसहित उक्त र्यालीको आयोजना गरिएको मगर समाज च्याङलीका चेत बहादुर रानाले बताउनुभयो ।  नेपाल मगर संघ नगरपालिका वडा नम्बर 7 का अध्यक्ष भोज बहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको उक्त विरोध र्याली विरुवा टारकाे चारकुने  चौतारामा आएर कोणसभामा परिणत भएको थियो ।                                                        कोणसभामा नेपाल मगर सङ्घ गण्डकी प्रदेशका सदस्य मान बहादुर थापा, मगर संघ च्याङलीका सदस्यहरू  हित बहादुर थापा मगर, चेत बहादुर राना मगर, वडा सदस्य, खोप बहादुर थापा मगर, दिप बहादुर थापा मगर,  टोपमान थापा मगर, रिता थापा मगर, तामाङ समाजकाे तर्फबाट  बुद्धि तामाङ लगायतकाले अाफ्नाे धारणा राखेका थिए ।

काेणसभाकाे समापनपश्चात वडा नं ७ का वडाध्यक्ष अर्जुन कुमाल मार्फत ज्ञापनपत्र बुझाएका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.