Gorkha Sansar

भू.पू. बिद्यार्थीहरूद्वारा बिद्यालयका छात्र छात्राहरूलाई स्कुल ब्याग बितरण

श्री जनकल्याण प्रा.वि.पालुङटार-8, मूलाबारी, गोरखामा अध्ययनरत सबै 40 जना विद्यार्थी भाइबहिनीहरूलाई हाल बैदेशिक रोजगारीमा रहनुहुने यस विद्यालयका भूपू विद्यार्थी सहयोगी भाइहरू क्रमश मिसन थापा, समिर बराम, ओम बहादुर बिक तथा सम्राट काराखेतीको सम्युक्त लगानीमा विद्यार्थीहरुलाई झोला(school bag) वितरण गरियो । कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमा पुवर क्षेत्रीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि वडा सदस्य सावित्रा सुनार र कार्यक्रम सञ्चालन विद्यालयका प्रधानाध्यापक भोज बहादुर थापाले गर्नु भएको थियो। कार्यक्रममा स्वागत भाषण शिक्षक शोभा शर्माले राख्नु भएको थियो भने सहयोगी स्पोन्सर को तर्फबाट मिसन थापाले आफ्नो धारणा राख्नु भएको थियो। आज नै उक्त सहयोगीसरूबाट विद्यालयलाई पुस्तकालय स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले रू.1700/- नगद पनि सहयोग गरेेका छन  ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.