Gorkha Sansar

एस.एल.सी. 2068 द्वारा स्वर्गीय कमलाको परिवारमा समवेदना व्यक्त

जीवन ज्योति माध्यमिक विद्यालय का  2068 साल एसएलसी ब्याजका विद्यार्थीहरुले स्वर्गीय कमला कुमाल को आत्माको चिर शान्तीको कामना गर्दै श्रध्दांजली तथा परिवारमा समवेदना व्यक्त गरेका छन्   ।                               यही श्रावण 9 गतेका दिन आफ्नै माइतीघरमा झुण्डीएर कमलाले आत्महत्या गरेकी थिइन् ।                          २०८०/०४/१५ गते सातौ पुर्णयतिथीका दिन kamalako आफ्नै घर तथा माइती घरमा पुगेर एसएलसी ब्याजका साथीहरूले उनको घरपरिवार तथा छोरि लाई भेटेर सान्तवना समेत   प्रदान गर्दै मृत आत्माको शीर शान्तीको कामना गरेकाे दिनेश अधिकारीले जानकारी दिनु भयो ।                               स्वर्गीय कमलाको श्रीमान् वैदेशिक रोजगारीमा रहनुभएको छ भने उहाको तीन वर्षकी छोरी छन ।
पालुङटार वडा नं. ७ मा वढ्दो क्रममा रहेको अात्माहत्याको वारेमा मनन् गर्दै अब अाउने दशैअगाडी दुईवटा मा. वि. मा स्थानिय सरकार शहित सम्बन्धित निकायहरुसँग समन्वय गरी आत्महत्या निरुत्साहन अर्थात अात्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रमका संयोजक दिनेश अधिकारीले जानकारी दिनुभएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.