Gorkha Sansar

जबरजस्ती करणी अाराेपमा २७ बर्षका तामाङ पक्राउ

गोरखामा ३० बर्षका एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पालुङटार नगरपालिका वडा नम्बर ६ जुडीखोलाकी ३० बर्षकी  महिलालाई  ३ गते राती अन्दाजी ११ः ३० बजेको समयमा बलात्कार गरेको आरोपमा २७ बर्षका नरेश तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी समेत रहनु भएका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेको तामाङले महिलालाई विभिन्न डर–त्रास, धाक–धम्की दिई जबरजस्ती करणी गरेको पिडितले दावी गरेको छ । घटना पछि पिडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।  पक्राउ परेका तामाङ आइतवार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.