Gorkha Sansar

पालुङटारका बिभिन्न स्थानहरूमा लम्पी स्किन राेग फैलिंदै

गाेरखा,

गाेरखाकाे पालुङटार नगरपालिकाका बिभिन्न स्थानहरूमा लम्पी स्किन राेग फैलिरहेकाे छ ।

शुरूमा केही स्थानमा मात्र देखिएकाे राेग अहिले करिब सबैजसाे वडाहरूमा फैलिएकाे पशु स्वास्थ्य शाखा पालुङटारले जनाएकाे छ ।

करीब ३,४ महिना पहिलेदेखि देखिँदै अाएकाे राेग अहिले नगरपालिकाकाे वडा नं. ४,५,६, ७, ८, मा अलि बढी देखिएकाे जनाइएकाे छ ।

नियन्त्रणका लागि पहल गरिरहेकाे भएता पनि हालसम्म नियन्त्रणमा अाउन नसकेकाे शाखाले जनाएकाे छ ।

पशु सेवा विभागको तथ्याङ्कले उक्त रोगबाट हालसम्म १५,००० भन्दा बढी गाईभैँसी प्रभावित भएको देखाएको छ। यद्यपि सङ्क्रमित चौपायाको सङ्ख्या अझ बढी हुन सक्ने अधिकारीहरू बताउँछन्।

लम्पी स्किन कस्तो रोग हो?

गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ।

सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।

यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन्।

त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.