Gorkha Sansar

सुन काण्डमा अाफ्नाे नाम मुछिएपछि गरे व्यवसायीले पत्रकार सम्मेलन

काठमाडौँ ।

करिब एक सय किलाे सुन काण्डमा अाफ्नाे नाम मुछिएपछि नेपाली व्यवसायी दीपक मल्होत्राले अाजै पत्रकार सम्मेलन गरी अाफ्नाे कुनै संलग्नता नभएकाे बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले भने, व्यापारी शतप्रतिशत चोखा हुन्छन् भन्ने छैन । तर, अवैध कारोबारमा संलग्नहरुलाई कारवाही हुनुपर्छ भनेर हामीले हाम्रा व्यापारिक संगठनको नेतृत्वका हिसाबले भन्दै आएका छौँ ।

बुधबार राती त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सारमा बरामद गरिएकाे भारी परिमाणको अवैध सुन आफूले आयात नगरेको नेपाली व्यवसायी दीपक मल्होत्राले बताएका छन् । उक्त सुन आफूले ल्याएको भन्दै आएका समाचारको खण्डन गर्न पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन् ।

‘म भन्सारमा नगएको २५ वर्षजति भयो,’ उनले भने, ‘भन्सारका कुनै कर्मचारीलाई चिन्दिनँ । अहिले मैले आयात गर्ने सामान भनेको खास गरी मोबाइल फोन हो । त्यो पनि हामी जानुपर्दैन, एजेन्टले क्लियर गरेर ल्याउँछ । अहिले मैले गरेको व्यवसाय घाटामा छन् । नाफामा भएका बेला मैले मिडियालाई विज्ञापन पनि दिएको थिएँ । अहिले दिन सकेको छैन । सबैले बुझ्नु भएको छ । तर, केहीले विज्ञापन नदिँदा पनि समस्या भएको हो कि भन्ने लागेको छ । मोबाइल फोन दर्ता गरेर ल्याउनु पर्ने व्यववस्था (एमडीएमएस) लागू गराउन खोज्दा पनि केही मप्रति रिसाएका हुन सक्छन् ।’

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.