Gorkha Sansar

सामुदायिक स्वास्थ्य निरूपण अन्तरगत सामुदायिक प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

असार २३ गते, गाेरखा  ।                                                            पोखरा विश्वविद्यालय जनस्वास्थ्य समुह क का विद्यार्थीहरूद्वारा जीवन ज्योती मा वि सभागृह हलमा सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तरगतको पहिलो सामुदायिक प्रस्तुतिकरण कार्यक्रम सुसम्पन्न भएको छ । उक्त कार्यक्रम टिम लिडर समुन्द्र लगुनको अध्यक्षतामा सम्पन्न गरिएको थियो । साथै कार्यक्रममा पोखरा विश्वविध्यालयका उपप्रध्यापक राजेन्द्र लामीछानेले बिद्यार्थीहरूका लागि निर्देशनसहितकाे मन्तब्य राख्दै समुदायसंग नम्र र ब्यवस्थित रूपमा अघि बढनुपर्ने बताउनुभएको थियाे । साे अबसरमा   पालुङ्टार ७, अन्तर्गत नागास्थान टाेलबिकास संस्थाका अध्यक्ष चन्द्र ब. कुमाल, खाेलाघाट भट्टफांट  टाेलबिकास संस्थाका अध्यक्ष राजु ब. कुमाल,  च्याङली  स्वास्थ्य चौकीका सिनियर अ.हे.ब. भरतराज पाण्डे, जीवनज्योती मा वि का शिक्षक तथा रेडीयो बन्दीपुर तथा गोरखा संसार प्रा. लि.का संचालक रविन्द्र कंडेल लगायतकाले शुभकामना मन्तब्य राखेका थिए । बिभिन्न टाेलबिकास संस्थाका अध्यक्षहरू, महिला समूहका प्रतिनिधि हरू, सुरक्षाकर्मी  लगायतकाकाे उपस्थितिमा सम्पन्न साे कार्यक्रममा विध्यार्थीहरूले समुदायबाट नमुना तथ्यांक संकलन गरि विश्लेशण गरेर प्राप्त मुख्य मुख्य तथ्य विवरणहरू प्रस्तुत गरेका थिए । जसमा जनसांख्यिक, सरूवा तथा दिर्घ रोग, सन्तुलित अहार, मातृशिशु स्वास्थ्य, वातावरणिय स्वास्थ्य सम्बन्धि विवरणहरू थिए । साथै कार्यक्रममा उपस्थित अतिथिहरूले सल्लाह सुझावका साथै शुभकामना मन्तव्य समेत प्रस्तुत गर्नुभएको थियो । यसअघि पनि १ महिने फिल्ड अभ्यासमा अएका विध्यार्थीहरूले सामुदायिक भेला सामुदायिक नक्सांकनका साथै विध्यालय स्वास्थ्य कार्यक्रम समेत सन्चालन गरेका थिए । अवका दिनमा पनि समुदायमा रहेको मुख्य वास्तविक स्वास्थ्य समस्या प्राथमिकिकरण आवश्यकता पहिचान गरि विध्यार्थी तहबाट सकिने शुक्ष्म स्वास्थ्य परियोजना सन्चालन फिल्ड प्रतिवेदन प्रस्तुत गर्ने जनकारी टिम लिडर समुन्द्र लगुनले दिनुभयो र आगामी दिनमा पनि समुदायस्तरबाट साथ सहयोग प्राप्त गर्ने विश्वास समेत राख्नुभएको थियो ।                                                            थप फाेटाे तथा भिडियाे Gorkha Sansar काे फेसबुक पेज बाट हेर्न सकिनेछ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.