Gorkha Sansar

शहिद लखनमा भएकाे दुर्घटनाका ड्राइभर सवारी ज्यान मुद्दामा पक्राउ

शहिद लखनमा गाउँपालिका वडा नं. ३ काे सिलिङमा भएकाे जीप दुर्घटनाका ड्राइभरलाइ प्रहरीले सवारी ज्यान मुद्दामा पक्राउ गरेकाे छ ।

गत असार ८ गतेका दिन रातकाे करीब २ बजेकाे समयमा जन्ती लिएर गएकाे प्र. ३-०१-०२३ च. २४२७ नं.को बलेरो जिप दुर्घटनामा परी ५ जनाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे भने १२ जना घाइते भएका थिए ।

मृतकका अाफन्तहरूले साे दिएकाे जाहेरीका अाधारमा गाडी चालक जिल्ला गोरखा शहिदलखन गा.पा. वडा नं.३ बस्ने बर्ष २६ को दोष बहादुर थापालाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

साे दुर्घटनामा परी गोरखा शहिदलखन गा.पा. वडा नं.५ पोखरीडाँडाका बर्ष २२ को प्रविण थापा, बर्ष २४ को बिर बहादुर थापा, बस्ने बर्ष १८ को निरज थापा, बस्ने बर्ष १७ की नबिना थापा र बस्ने बर्ष ६४ को थान बहादुर थापा गरी ५  जनाको घटनास्थलमा मृत्यु भएकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.