[REQ_ERR: 502] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. शहिद लखनमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे शनाखतः पालिकामा अाज शाेक बिदा - Gorkha Sansar

Gorkha Sansar

शहिद लखनमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे शनाखतः पालिकामा अाज शाेक बिदा

गोरखा, ८ असार ।

गाेरखाकाे शहिद लखन गाउँपालिका वडा नम्बर ३ सिलिङमा भएकाे जीप दुर्घटना हुँदा ज्यान गुमाउने सबैकाे सनाखत भएकाे छ भने पालिकाले अाज पालिकाभरमा शाेक बिदा दिएकाे छ ।

सहिद लखन गाउँपालिका वडा नम्बर ५ ताक्लुङ स्थित पोखरीडाँडा तर्फ दुलही बोकेर फर्कदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सिलिङ भन्ने ठाउँमा रातकाे करीब २ बजेकाे समयमा सडकबाट करिब २ सय ५० मिटर तल खस्दा ५ जनाले ज्यान गुमाएका थिए भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परी ज्यान जानेहरूमा सहिद लखन गाउँपालिका वडा नम्बर ५ ताक्लुङका  २५ बर्षका प्रविन थापा, १८ बर्षका निरज थापा, २४ बर्षका बिरबहादुर थापामगर, १७ बर्षकी नविना थापा र ६४ बर्षका धनबहादुर थापा रहेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले पुष्टी गरेकाे छ ।

त्यस्तै दुर्घटनामा परी घाइते हुनेहरूमा

सहिद लखन– ५, पोखरीडाँडाका लालु थापा, सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना, प्रतीक राना रहेका छन् । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि चितवन पठाइएको छ ।

जिपका चालक सहित अन्य घाइतेको तनुहँ स्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । दुर्घटनामा परेको जिपमा १९ जना चढेको भएपनि २ जना भने हामफालेर ज्यान जोगाएका थिए ।

गाउँपालिकाले वडा नम्बर ३ सिलिङमा आज बिहान जिप दुर्घटनामा परी वडा नम्बर –५ ताक्लुङ पोखरीडाँडा घर भएका पाँच जनाको मृत्यु भएपछि शोक मनाउन पालिका भित्र शोक विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगरले जानकारी दिनुभयो ।

विदामा पालिका, पालिका भित्रका सवै वडा र पालिका अन्र्तगतका सवै कार्यालयहरु, शिक्षण संस्थाहरु बन्द हुने उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले यस घटनाले सिंगो गाउँपालिकालाई स्तव्ध बनाएको भन्दै मृतक प्रति श्रदान्जली प्रकट गर्न शोक विदा दिइएको बताउनुभयो ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.