Gorkha Sansar

शान्तिपुर्ण एवं सुरक्षित समाजको लागि आँबुखैरेनीमा समुदाय प्रहरी पालिका समिति पुर्न गठन

राम धामी
आँबुखैरेनी, ७ असार ।
तनहुँको आँबुखैरेनी गाउँपालिकामा बिहीवार समुदाय प्रहरी पालिका समिति पुर्न गठन गरिएको छ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको आयोजनामा शान्तिपुर्ण एवं सुरक्षित समाजको लागि पालिका अध्यक्ष शुक्र चुमानको संयोजकत्वमा १९ सदस्यीय समुदाय प्रहरी पालिका समिति पुर्न गठन गरिएको हो । समितिको सह-संयोजक द्वोयमा पालिका उपाध्यक्ष दुर्गा अर्याल, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार बिक, सदस्य सचिवमा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक गायत्री राज शर्मा रहेका छन । यस्तै, समितिको सदस्यहरुमा वडा नं.१ का वडा अध्यक्ष प्रेम बहादुर गुरुङ, वडा नं.२ का वडा अध्यक्ष आश बहादुर गुरुङ, वडा नं.३ का वडा अध्यक्ष दिनेश केसी, वडा नं.५ का वडा अध्यक्ष सन्तोष गुरुङ, सामुदायिक प्रहरी सेवा केन्द्रका बिष्णु पन्त, पुर्व प्रहरी अध्यक्ष देवराज जिवन गुरुङ, सूचना प्रबिधि अधिकृत निरोज श्रेष्ठ, स्वकीय सचिव मनोज बास्तोला, महिला बालबालिका सम्बन्धि सस्थाको तर्फबाट काजल मगर, शिव शक्ति आमा समूहकी बिमला कुवँर, बिधालय सम्बन्धि संस्थाका तर्फबाट प्रेमराज लामिछाने, लायन्स क्लब अफ आँबुखैरेनीका सुरेन्द्र श्रेष्ठ, संचारकर्मी राम बहादुर धामी, नागरिक समाजको तर्फबाट शिवओम मल्ल, खगराज गौली, महेन्द्र भट्टराई, मोहन गुरुङ, लेप बहादुर आले, प्रविन गुरुङ रहेका छन ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.