Gorkha Sansar

सगरमाथा आराेहण गर्ने धार्चेका ८ जनालाइ सम्मान

जेठ, २१ गाेरखा ।

उत्तरी गोरखाको धार्चे गाँउपालिकाका आठ जना सगरमाथा आरोहीलाई सम्मान गरिएको छ । लाप्राक समाज काठमाडौद्धारा समाजद्वारा सगरमाथा आरोहण गरेका आठ र प्याराग्लाइडिङ क्षेत्रमा योगदान पुर्‍याएका एक गरी नौ जनालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका पुरबहादुर गुरुङ (युक्त), इमान गुरुङ, सुमन गुरुङ, सन्दिप गुरुङ, बिसबहादुर गुरुङ, रामबहादुर गुरुङ, वडा नं ३ उहियाका ओमबहादुर गुरुङ र वडा नं ५ सिङलाका विसबहादुर गुरुङ रहेका छन् ।

सगरमाथा आरोहण गरी आफनो गाउँको नाम राख्न सफल भएकाले उनीहरुलाई सम्मान गरिएको समाजका अध्यक्ष श्रीबहादुर गुरुङले जानकारी दिनुभयो ।उनीहरुले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरी किर्तिमान राख्न सफल भएका थिए ।

त्यस्तै, वडा नं ४ लाप्राकका अनिल गुरुङलाई पनि सम्मान गरिएको छ । साहसिक खेलकुदमा रुपमा रहेको प्याराग्लाइडिङ क्षेत्रमा आबद्ध भई गाउँको नाम राख्न सफल भएकाले उहाँलाई पनि सम्मान गरिएको अध्यक्ष गुरुङले बताए । समाजले सबै जनालाई प्रशंसाको प्रमाणपत्र सहित खाता लगाएर सम्मान गरिएको छ ।

लाप्राक समाज काठमाडौका अध्यक्ष बहादुर गुरुङको अध्यक्षता तथा वडा नं ४ का वडा अध्यक्ष किसान गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य सुदिप गुरुङ, गाउँपालिकाको निवर्तमान अध्यक्ष सन्तोष गुरुङ, समाजका सल्लाहकारहरु सुनार गुरुङ, रामकुमार गुरुङ, इमानसिंह गुरुङ, मुलाल गुरुङ, मणि गुरुङ लगायत धार्चे गाउँपालिकाका स्थानीयहरुको सहभागिता रहेको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.