Gorkha Sansar

पालुङटार १० मा निशुल्क अायुर्वेद स्वास्थ्य शिविर सम्पन्न ९ जना माेतियाविन्दुका बिरामी काे सल्यक्रिया गरिने

पालुङ्टार नगरपालिका वडा नम्वर १० मा सञ्चालित निशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा अाँखा जाँच शिविर सम्पन्न भएकाे छ । जसबाट ९ जनाकाे माेतियाबिन्दुकाे शल्यक्रिया गर्नुपर्ने भएकाे छ ।

वडा नं १० कार्यालयको चालु आर्थिक बर्षको आयुर्वेद सेवा अन्तरगत संचालन भएको एक दिने शिविरमा करिव चार सय जनाले सेवा लिएका थिए । साे शिविरमा अाँखा जाँच गराएकामध्ये ९ जनामा मोतियाविन्दु देखिएकाले गोरखा लायन्स आँखा सेवा केन्द्रमा शल्यक्रिया गरिने बताइएको छ । साेही क्रममा २ सय २ जनाले आयुर्वेद सेवा लिएकाे डा सचिव सोम बहादुर खड्काले बताउनुभयाे ।

नगर कार्यपालिका सदस्य देवीमाया योगीको अध्यक्षता तथा वडाध्यक्ष रिखीराज धौरालीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाल नेत्रज्योती संघ गोरखाका अध्यक्ष सित्तलकाजी मास्के, श्यामबाबु श्रेष्ठ, जिल्ला आयुर्वेदका प्रमुख डा. प्रशान्त पण्डित, नगर स्वास्थ्यका कृष्ण अधिकारी, आयुर्वेद प्रमुख हितकाजी श्रेष्ठ, वडा सचिव सोम बहादुर खड्का लगायतले मन्तव्य राखेका थिए ।

वडा कार्यालयको आयोजना तथा गोरखा लायन्स आँखा सेवा केन्द्र र गोरखा नेत्रज्योति संघको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.