Gorkha Sansar

बुंकाेट स्वास्थ्य चाैकीमा अागलागीः क्षतिकाे बिवरण अाउन बाँकी

गोरखा, ७ जेठ ।

गाेरखाकाे शहिद लखन गाँउपालिका वडा नं. ७ मा रहेको बुङ्कोट स्वास्थ्य चौकीमा भिषण आगलागी भएको छ । आज बिहान करिब साढे चार बजेतिर आगलागी सुरु भएको स्थानीयले बताएका छन् ।

अागलागी भएकाे थाहा पाएपछि स्थानीय ले अागाे नियन्त्रणका लागि प्रयास गरेपनि अागाे नियन्त्रणमा अाउन नसकेपछि गाेरखा सदरमुकामबाट दमकल बाेलाएर अागाे नियन्त्रणमा लिइएकाे शहिद स्मृति मा.वि. बुंकाेटका प्रधानाध्यापक राेहिणी खनालले जानकारी दिनुभयाे ।

अागाेलागीकाे कारण र क्षतिकाे बिवरण भने अाउन बाँकी रहेकाे छ ।

अहिले स्थानीयबासी, सेना र प्रहरीले उद्धारकाे काम गरिरहेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.