Gorkha Sansar

पार्टी स्कूलिङ अन्तर्गत जिल्ला नेताहरूलाइ प्रशिक्षण प्रदान

गाेरखा, जेठ ६ गते ।

नेकपा माओवादी केन्द्र गोरखाले पार्टी स्कूलिङ अन्तर्गत जिल्लास्तर नेताहरुलाई केन्द्रीय तहका नेताहरुबाट प्रशिक्षण दिएको छ ।

गाेरखा जिल्लास्थित पार्टी कार्यालयमा ४ गतेदेखि ६ गतेसम्म सञ्चालित  स्कुलिङ कार्यक्रममा जिल्ला तहका नेताहरूकाे उपस्थिति रहेकाे सहभागी एक नेता शंकरराज कंडेलले जानकारी दिनुभयाे।

नेकपा माओवादी जिल्ला समन्वय समिति गोरखाको आयोजनामा शनिबार पार्टी कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पार्टीको विशुद्ध विचार धारा, दर्शन, सिद्धान्तका बारेमा प्रशिक्षण दिइएको नेकपा माओवादी केन्द्र गोरखाका इन्चार्ज अमर तमुले बताउनुभयाे । अरु बेला देशको समसामयिक घटनाका बारेमा छलफल गरिने भएता पनि तीन दिने पार्टीको स्कुल कार्यक्रममा भने पार्टीको दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, संगठन लगायतका बारेमा पार्टीका जिल्लास्तर नेताहरुलाई केन्द्रीय तहका नेताहरुबाट प्रशिक्षण दिएको उहाँले बताउनुभयाे ।

सो कार्यक्रममा केन्द्र तथा प्रदेशस्तरका नेताहरु लेखनाथ न्यौपाने, हरि अधिकारी, रामराज रेग्मी, खोपबहादुर कँडेल, लेखबहादुर थापा, विष्णु भट्ट, अमर तमु, कमला नहर्की, दिपक श्रेष्ठ(जलन), अकुर तिमिल्सना लगायतले प्रशिक्षण दिएका थिए ।

पार्टीको केन्द्रीय स्तरमा सम्पन्न भएर प्रदेश स्तरमा सम्पन्न भएको अहिले देशभर जिल्लास्तर पार्टीको स्कुल कार्यक्रम संचालन भइरहेको गोरखा इन्चार्ज तमुले बताए । गण्डकी प्रदेशको स्कूल कार्यक्रम गोरखाबाट सुरु भई लमजुङ, तनहुँ लगायतका जिल्लामा कार्यक्रम सुरु हुने बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष विष्णु भट्टको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य हरि अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.