Gorkha Sansar

सडकमा बिना साेलिङ ढलान गर्ने तयारी पछि स्थानीयकाे बिराेध

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा निर्माणधीन सडक खण्डमा बिना साेलिङ ढलान गर्ने तयारीपछि स्थानीयहरूले बिराेध गरेका छन् ।

नगरपालिकाकाे वडा नं. ७ च्याङलीस्थित राधाकृष्ण कालामाटा पौवाटार खत्रीटार गोठेचौर प्याउदी खोला सडक खण्ड अन्तर्गत राधाकृष्णचोक कटहरपाटाकाे उकालोमा विना साेलिङ ढलान गर्ने तयारी गरेपछि गुणस्तरहिन काम देखेर स्थानीयले बिराेध गर्नुपरेकाे स्थानीय शम्भुराज न्याैपानेले जानकारी दिनुभयाे । साेलिङबिना गरिएकाे ढलान लामाे समय नटिक्ने उनीहरूकाे दावी छ ।

बाटाेकाे कामकाे ठेक्का पाएकाे  ठेकेदार कम्पनी अमर कन्स्ट्रक्सन प्रा.लि.ले लापरवाहीपूर्वक काम गर्न लागेकाे स्थानीयले अाराेप लगाएका छन् ।

करीब  २३ कराेड लागतमा  १० कि.मि. बाटाे पिचकाे ठेक्का पाएकाे कम्पनीले ३ पटक सम्म म्याद थपिसकेकाे कम्पनीका इन्जिनियर शुशील अाचार्यले जनाउनुभएकाे छ । काम भइरहेकाे स्थानमा सूचना पाटी समेत राखिएकाे छैन ।

ठेकेदार कम्पनीका प्रतिनिधी शिव चाैंलागाइका अनुसार साेलिङ नगरीकन ग्रावेलमाथि रड बिच्छ्याएर ढलान गरिने बताउनुभएकाे छ । प्राविधिक इष्टिमेटमा साेही कुरा भएकाे र इष्टिमेट अनुसार अाफूहरूले काम गरिरहेकाे उहाँकाे दावी छ ।

पटक पटक म्याद थप्दै काम गर्दै अाइरहेकाे साे कम्पनीले अागामी असार सम्ममा काम सम्पन्न गरिसक्ने बताएकाे छ ।

यस्ताे छ ढलानकाे तयारी ः

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.