आँबुखैरेनी, २९ चैत्र ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-१, भुजेल गाउँमा स्थानीय श्रोत र शिपको प्रवर्द्धन गर्न बाँसजन्य सामाग्री निर्माण सम्बन्धि सिपमुलक तालिम बिहिवार देखि सुरु भएको छ । गाउँपालिकाले स्थानीय सिप श्रोतको पहिचान संगै थप आधुनिकरण गरी व्यवसायिक, रोजगार सृजना, स्वरोजगार बनाउने मुख्य लक्ष्य सहित सो १५ दिने सिपमुलक तालिमको आयोजना गरिएको छ। गण्डकी प्रदेश सरकार र आँबुखैरेनी गाउँपालिका बिच भएको सम्झौता बमोजिम नवप्रवर्दन साझेदारी कार्यक्रम अन्तर्गत आँबुखैरेनी गाउँपालिका भित्र रहेका विभिन्न समुहहरुलाई बाँसजन्य कच्चा पदार्थलाई उपरकरण प्रयोग गरी विभिन्न उपयोगी फर्निचर, डेकोरेसन तथा घरेलु सामाग्री निर्माण तथा कलात्मक सम्बन्धि तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभएको छ ।
