तनहुँको व्यास नगरपालिका– वडा नं १को कार्यालयले हलगोरु पाल्ने कृषकलाई मंङगलबार अनुदान प्रदान गरेको छ । वडा कार्यालयले हलगोरु पाल्ने कृषकलाई रु दश हजारका दरले बाह्र जना कृषकलाई रु.एक लाख बीस हजार अनुदान रकम प्रदान गरेको हो । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले कृषकलाई अनुदान रकम प्रदान गरेका थिए । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले पछिल्ला समयमा गोरु पाल्ने प्रचलन हराउँदै जान थालेपछि प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको बताएका थिए । अनुदान रकमले गोठ सुधार तथा गोरुका लागि आवश्यक पर्ने आहारविहारमा खर्च गर्न समेत उहाँले कृषकलाई सुझाव दिए । हाते ट्रयाक्टर खरिद गर्न नसक्ने कृषकलाई मध्यनजर राख्दै गोरु पाल्ने कृषकलाई प्राथमिकतामा राखेकोले अनुदान प्रदान गरिएको हो । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकका लागि अनुदान दिने कार्यक्रम ल्याएसँगै तथ्याङ्क सङ्कलन गरी अनुदान प्रदान गरेको वडा सचिव मञ्जु कँडेलले जानकारी दिईन् । गोरुले जोत्ने परम्परा लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण गर्न र कृषकलाई टिकाइ राख्न गोरु पाल्ने कृषकलाई प्रोत्साहन गरिएको हो । अठ्ठार जना कृषकले अनुदानका लागि आवदेन दिएपनि वडा भित्र बसेर गोरु पाल्दै आएका कृषकलाई मात्रै छनोट गरिएको वडाध्यक्ष रमेशचन्द्र हडखलेले जानकारी दिए । एक पटक अनुदान पाएका गोरुपालक कृषकलाई दुई बर्षसम्म अनुदान नदिने नगरपालिकाको नियमावलीमा रहेकाले त्यसलाई संशोधन गरी गोरु पाल्ने कृषकलाई बर्षेनी अनुदान दिने व्यवस्था मिलाइएको हडखलेले बताए ।
थप समाचार
-
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान
गोर्खा संसारMarch 11, 2026काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा संस्थापक अध्यक्ष लायन् राजिब श्रेष्ठको सभापतित्वमा बिश... -
गोरखामा ३३३ मतदान केन्द्रमा तयारी पूराः सिटीहलमा महिला मात्र परिचालन
गोर्खा संसारMarch 4, 2026फागुन २० गते गोरखा जिल्लाभरि कुल ३३१ स्थायी र दुई अस्थायी मतदान केन्द्र गरी ३३३ मतदान केन्द्रमा १९९२ कर्मचारी आफ्नो मतदान केन्द्रमा पुगेर हिजो नै सर्वदलीय बैठक सम्पन्न गरी आज बुथ ... -
नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल प्रा.लि.
गोर्खा संसारFebruary 25, 2026क्षितिज विक्रम खनाल Tiger Forest Hotel Pvt. Ltd. ले लुम्बिनी प्रदेशमा नयाँ अवधारणासहित आफ्नो आतिथ्य व्यवसायलाई विस्तार गरेको छ। तिलोत्तमा–१३, कोटिहवामा, रुपन्देहीको Tiger Palace b... -
पत्रकार महासङ्घ तनहुँद्वारा विभिन्न पुरस्कारको निर्णय
गोर्खा संसारFebruary 23, 2026पत्रकार महासङ्घ तनहुँद्वारा विभिन्न पुरस्कारको निर्णय दमौली, १० फागुन । नेपाल पत्रकार महासङ्घ तनहुँले विभिन्न पत्रकारिता पुरस्कारका लागि पुरस्कृत व्यक्तित्व छनोट गरेको छ । शाखा अध... -
जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न जेनजी २.० को माग
गोर्खा संसारFebruary 16, 2026काठमाडौं। जेनजी २.० ले जाँचबुझ आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग कडा माग गरेको छ। संगठनले प्रतिवेदन लुकाउने, ढिलाइ गर्ने र राजनीतिक सौदाबाजीको साधन बनाउने प्रवृत्ति अ... -
विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण ः राष्ट्रपति
गोर्खा संसारFebruary 4, 2026जापान ( टोकियो ) । राष्ट्रपति रामचन्द्र पाैडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गर्नुभएको छ । ज...
