Gorkha Sansar

२ जना लागु अाैषध काराेबारीलाइ पक्राउः हिराशतमा राखी अनुसन्धान हुँदै

गाेरखा प्रहरीले २ जना लागुअाैषध काराेबारीलाइ नियन्त्रणमा लिइ अनुसन्धानका लागि हिराशतमा राखेकाे छ ।

गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं. २ ढुङ्गेधारा बस्ने बर्ष ३३ काे प्रसी घलेलाइ गत चैत्र १६ गते रातकाे समयमा निजकै घरमा अाफू सुत्ने खाटमुनि लुकाइराखेकाे अवस्थामा लागू औषध गाँजा ४२० ग्राम सहित पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएकाे प्र.ना.उ. लिलाराज लामिछानेले बताउनुभयाे ।

त्यस्तै गरी गाेरखा नगरपालिका वडा नं. १३ रामशाह टाेल बस्ने बर्ष २८ का सूर्यमान गुरूङले अाफ्नै साथमा लुकाइराखेकाे अवस्थामा लागु अाैषध diazepam एम्पुल थान-१६, Noophin एम्पुल थान-१६ र Phenergan
एम्पुल थान-१६ गरी जम्मा एम्पुल थान-४८ सहित पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएकाे प्र.ना.उ.  लामिछानेले बताउनुभयाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.