Gorkha Sansar

पालुङटार नगरपालिका ७ च्याङली मा पनि अन्तराष्ट्रिय नारी दिवश मनाईयो

113 औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा गोरखाको पालुङटार नगरपालिका वडानम्बर ७ च्याङली मा पनि विविध कार्यक्रम सहित मनाइएको छ । नारी दिबसका अबसर पारी वडा नं ७ कार्यालयकाे अायाेजनामा वडा कार्यालय परिसरमा कार्यक्रम सम्पन्न गरिएको थियाे ।बिभिन्न नारासहित प्लेकार्ड लिएर बिरूवाटार बजार परिक्रमा पछि वडा कार्यालय परिसरमा  वडाध्यक्ष अर्जुन बहादुर कुमालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा बाेल्दै नगर प्रमुख बिबस चिन्तनले महिलाहरू एकजुट भएर अघि बढनुपर्ने बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य पम्फा बि क, वडा सदस्यहरू प्रेम बहादुर कुमाल,  खाेप बहादुर थापा, प्रमिला थापा लगायत महिला समुहका प्रतिनिधिहरूले मन्तब्य राखेका थिए । कार्यक्रममा सन्देसमुलक गीत तथा नृत्यसमेत प्रस्तुत गरिएकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.