[REQ_ERR: 502] [KTrafficClient] Something is wrong. Enable debug mode to see the reason. कार्यक्रम सम्पन्न भएको २ दिनमै आम्दानी खर्च सार्वजानिक, बचेको रकमबाट मन्दिर व्यवस्थापन को काम गरिने - Gorkha Sansar

Gorkha Sansar

कार्यक्रम सम्पन्न भएको २ दिनमै आम्दानी खर्च सार्वजानिक, बचेको रकमबाट मन्दिर व्यवस्थापन को काम गरिने

मंगलेश्वर महादेव मन्दिर पालुङटार ७ च्याङ्ली, खोला घाटमा च्याङ्ली च्याङली सामुदायिक सिकाइ केन्द्र को आयोजनामा महाशिवरात्री को अवसरमा सम्पन्न च्याङ्ली शिवरात्रि धार्मिक तथा सांस्कृतिक मेला 2079 को आम्दानी खर्च विवरण कार्यक्रम सम्पन्न भएको २ दिन मै सार्वजनिक गरिएको छ ।
सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कडेलको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष अर्जुन बहादुर कुमाल, पूर्व वडा अध्यक्ष बसन्तकुमार श्रेष्ठ, महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण भण्डारी, सामुदायिक सिकाइ केन्द्र का पदाधिकारीहरु तथा स्थानिय हरु को उपस्थिती रहेको थियो ।
महाशिवरात्रिको अवसरमा ६ गते गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सहयोग गर्ने सबै जनाको नाम र रकमसमेत सार्वजनिक गरिएको छ।
वडा कार्यालय बाट विनियोजन गरिएको रकम निकासा भएपछि बचत रकम बाट मन्दिर व्यवस्थापनको लागि आवश्यक काम गरिने अध्यक्ष कंडेल ले बताउनुभयो।

यस अघि सो स्थानमा रहेको मन्दिर व्यवस्थापन समितिले कार्यक्रम सञ्चालन गर्ने जिम्मा च्याङ्ली सामुदायिक शिकाई केन्द्रलाई दिने निर्णय गरेकाे  थियो भने बचत मध्ये आधा रकम सामुदायिक सिकाइ केन्द्र मा रहने र आधा रकम मन्दिर व्यवस्थापन समितिमा रहने निर्णय गरेको थियो ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.