Gorkha Sansar

गोरखाको पालुङटार च्याङ्ली मा रहेको मंगलेश्वर महादेव मन्दिरमा च्याङ्ली शिवरात्रि धार्मिक तथा सांस्कृतिक मेला 2079 सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर 7 मा रहेको मंगलेश्वर महादेव मन्दिरमा च्याङ्ली शिवरात्री धार्मिक तथा सांस्कृतिक मेला 2079 च्याङ्ली सामुदायिक सिकाई केन्द्रको आयोजनामा सम्पन्न भएको छ  ।

 

 

 

विश्वशान्तिका लागि भगवान् साम्वसदा शिवजी संग प्रार्थना गर्दै योगगुरु आचार्य गोविन्द रेग्मीले वैदिक मंगलानुशासन पारायण गरेपछि सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कडेंलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा गण्डकी प्रदेश सभाका सभामुख मननीय कृष्णप्रसाद धिताल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । प्रमुख अतिथिको रुपमा बोल्दै सभामुख धिताल ले यस स्थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि प्रदेश तहबाट आफूले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

त्यस्तैगरी कार्यक्रममा बिशिस्ट अतिथीको रुपमा गण्डकी प्रदेश सभाका सदस्य फडिन्द्र देवकोटाले यसको ऐतिहासिक विरासत जोगाउनु पर्ने बताउनुभएको थियो सोही अवसरमा पालुङटार नगरपालिकाकी नगर उपप्रमुख बन्दना पाण्डेले मन्दिर व्यवस्थापनको लागि आफुले सहयोग गर्ने बताउनुभएको थियो । कार्यक्रममा शिक्षा शाखाका प्रमुख माधव पोख्रेल को पनि उपस्थिति रहेको थियो ।

पालुङटार नगरपालिका 7 का वडा अध्यक्ष अर्जुनबहादुर कुमाल ले च्याङ्लीको सबैभन्दा महत्त्वपूर्ण गहना यो मन्दिर भएका कारणले गर्दा यसको पूर्वाधारहरूको विकास का लागि गुरुयोजना सहित आफू अघि बढ्ने बताउनुभएको थियो ।

महाशिवरात्रिको दिन बिहानैदेखि भक्तजनहरूको मन्दिरमा घुइँचो लागेको थियो भने 10 बजेबाट साझ 5 बजेसम्म अोमकार योग आयुर्वेद गुरुकुलका गुरु आचार्य गोविन्द रेग्मीको मुखारविन्दबाट शिव पुराण वाचन गरिएको थियो ।

निकै लामो इतिहास बोकेको च्याङ्लीको खोला घाटमा अवस्थित उक्त मन्दिरमा चर्चित राष्ट्रिय कलाकार  चिज गुरुङ को निकै रोमाञ्चक प्रस्तुतिहरु बाट भक्तजनहरुले मनोरञ्जन लिएका थिए । त्यस्तै गरी  रातभर जाग्राम सहित बत्ती बालेर बस्नेहरुको संख्या पनि करिब एक सयभन्दा बढी रहेको थियो ।

उक्त अवसरमा रातैभरी ठाडो भाकाका गायक एवम गामवेसी रोधीघर  तनहुँका संचालक शंकर परियार सहित अन्य धेरै कलाकारहरूको दोहोरी रहेको थियो । स्थानिय  कलाकारहरुले पनि उक्त अवसरमा आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए ।

द्वन्दकाल पछि रातभर सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम सम्पन्न भएको यो पहिलो रेकर्ड हो ।

अत्यन्तै छोटो समयको तयारीको बिचमा पनि कार्यक्रम अत्यन्तै शान्तिपूर्ण र सभ्यताका साथ सम्पन्न भएको आयोजक  संस्था च्याङली सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र कडेलले बताउनुभयो ।

 

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.