Gorkha Sansar

प्रतिष्ठानद्धारा महाशिवरात्रि पर्वमा होमनको आयोजना गरिने

दमौली ६ फागुन
बेदव्यास वैद्धिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानले विगतका वर्षहरुमा जस्तै यस वर्षको महाशिवरात्रि पर्वमा पनि व्यास २ सफा सडकमा अवस्थित प्रतिष्ठानको कार्यालय तथा आश्रम र व्यास १ गल्वुवेशि स्थित वालरुद्र शिवालय पाञ्चायान मन्दिरमा ध्यान तथा होमन कार्य गरी मनाउने भएको छ ।
प्रतिष्ठानले वडागुरु वेदव्यासको जन्म तथा तपोभुमि मादीसेती नदीको संगम, करापुटार स्थित इशानेश्वर महादेव लगायतका स्थानहरुमा पनि विगतमा महाशिवरात्रि पर्व मनाउँदै आएकोमा यस वर्ष आफ्नै आश्रम र गल्वुवेशि स्थित वालरुद्र शिवालयमा ध्यान तथा होमन विधि द्धारा शिवरात्री मनाउन लागेको हो ।
वर्षभरी हुने १२ शिवरात्रि मध्ये फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने महाशिवरात्री पर्वलाई व्यासभुमिमा उत्सवको रुपमा मनाउँदै व्यास क्षेत्रलाई धार्मिक गन्तव्यका रुपमा प्रचार समेत गर्ने उदेश्यले यस वर्ष देखि प्रचारात्मक अभियानको रुपमा समेत मनाउन लागिएको संस्थाका अध्यक्ष ध्यानाचार्य सद्गुरु खेमराज अधिकारीले बताउनुभयो ।
विशेष पर्वमा हुने यस्ता होमन तथा साधना योगका कार्यक्रमहरु देश विदेशवाट समेत प्रत्यक्ष प्रशारण मार्फत् भक्तजनहरु जोडिने गरेको संस्थाका प्रवक्ता सुदीप काफ्लेले वताउनुभयो ।
संस्थाले वेदव्यासको जन्मभुमिलाई केन्द्रमा राखेर आध्यात्मिक कार्यहरु गर्ने अभियानका रुपमा अन्य कार्यक्रमहरु संगै यस वर्ष देखि विद्यालयहरुमा सकारात्मक सोच विषयक प्रशिक्षण कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको संस्थाका सचिव दिर्घ दरैले जानकारी दिनुभयो ।
चन्द्र मासको चौधौँ दिन अर्थात् चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ । यस रात वैज्ञानिक रुपमै पनि पृथ्विको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । यसै आध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई शिवरात्रीमा जाग्राम वसी ध्यान, व्रत, साधना गर्ने सांस्कृतिक चलनलाइ बैज्ञानिक रुपमा व्याख्या गरिएको ेछ ।
शनि प्रदोष व्रत
त्रयोदशिलाई प्रदोष भनिन्छ । प्रदोष काल सुर्यास्त हुनुभदा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूयास्तको ४५ मिनेट पछि समाप्त हुन्छ । चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाकोे रोग शिबजिले निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । शिवरात्रीमा रोग निवारण, शत्ति आर्जन, शत्रु नाश, धनलाभ आदी प्राप्त गर्न पनि साधना गर्ने गरिएको छ ।
महाशिवरात्रीको साधनामा सहभागि हुन चाहने सवैले संस्थामा सम्पर्क गर्न सक्ने पनि प्रतिष्ठानले जनाएको छ । थप सम्पर्कका लागि ९८४६०४०४२५ प्रबत्ता

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.