Gorkha Sansar

शहिद दिवसका अवसरमा अायाेजित अन्तर मा.वि.स्तरीय हाजिरी जवाफ प्रतियाेगितामा अमर ज्याेति मा.वि. प्रथम

माघ १६,

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ६ स्थित लक्ष्मी मा.वि गाइखुरमा शहिद दिवसकाे अवसरमा  अायाेजित अन्तर मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियाेगितामा अमर ज्याेति मा.वि. लुइँटेल प्रथम भएकाे छ ।

परशुराम शारदा श्रेष्ठ स्मृिति प्रतिष्ठान र लक्ष्मी मा.वि. गाेरखाकाे संयुक्त अायाेजनामा शहिद दिवसकाे अवसर पारेर नगरपालिकाभित्रका माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न भएकाे थियाे । प्रतियाेगितामा सहभागी समूह सवैलाइ यातयात खर्च उपलब्ध गराइएकाे थियाे भने प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान हासिल गर्ने विद्यालयलाइ मायाकाे चिनाे, प्रमाण पत्र, परशुराम स्मृति ग्रन्थ र इङलिस ग्रामर समेत प्रदान गरिएकाे प्रतिष्ठानका सचिव हितकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे साे कार्यक्रमकाे सञ्चालन रमेश राेकाले गर्नुभएकाे थियाे । त्यस्तै गरी बिशेष अतिथिकाे रूपमा शिक्षा शाखाका प्रमुख माधव पाेखरेलले मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रममा प्रतिष्ठानका सञ्चालक राजु श्रेष्ठ, उपाध्यक्ष रञ्जन बाबु श्रेष्ठ, सचिव हितकाजी श्रेष्ठ,वडा नं.६ का वडाध्यक्ष चेत बहादुर गुरूङ, वडा सदस्यहरू उषा अधिकारी, अमृत झेडी, इन्दीरा नेपाली, इश्वर मल्ल, प्रधानाध्यापक राजन भट्टराइ, बिद्यालयका पूर्व प्रधानाध्यापक रूद्र खनाल,  बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला वि.क., वडा नं.६ का पूर्व वडाध्यक्ष गाेविन्द बराकाेटी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.