Gorkha Sansar

सरसफाई सगै जनचेतना जगाउदै चारकुने टोल विकास संस्था

गाेरखा

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७, च्याङलीमा रहेको चारकुने टोल बिकास सस्थाले टोल सरसफाई गरेको छ ।

माघ १४ गतेका दिन सो टोलका सबै क्षेत्रमा पुगेर टोल बासीले सरसफाई गरेका थिए ।

कार्यक्रममा हरेक घरबाट १ जना सहभागी थिए। त्यस्तैगरी अस्थायी प्रहरी पोष्ट बिरुवाटारका प्रहरी समेत सहभागी थिए।  सामुहिक रुपमा गरिने यस्ता कार्यक्रमले जनमानसमा सकारात्मक सन्देश सहित जनचेतनामा सहयोग पुग्ने टोलका अध्यक्ष विकास परियारले बताउनुभयो।

सो क्रममा टोलका बिभिन्न क्षेत्रसहित स्वास्थ्य चौकी परिसर, वडा कार्यालय परिसर तथा खेलकुद मैदान समेत सरसफाई गरिएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.