Gorkha Sansar

नगरस्तरीय शिक्षक भलिबल प्रतियाेगिताकाे उपाधि अायोजक रत्नराज्य माध्यमिक बिद्यालय बिरेनचाेकको पोल्टामा

गाेरखा।

नगरपालिका स्तरिय अन्तर मा वि  शिक्षक भलिबल प्रतियाेगिताकाे उपाधि अायोजना बिद्यालय रत्नराज्य माध्यमिक बिद्यालय विरिन्चोकको पोल्टामा परेको  छ ।

बिद्यालय बिद्यालय बिचकाे साैहार्दपूर्ण राख्न ,एकआपसमा शैक्षिक गुणस्तरिय कसरी बृद्वि गर्न सकिन्छ भन्ने मनासयका साथ  माघ १३ र १४ गते सन्चालन भएको खेलमा  आयाेजक बिद्यालय रत्न राज्य माध्यमिक बिद्यालय बिरेनचाेकले धर्मोदय मा वि पालुङटार लाइ पछि पार्दै प्रथम हुन सफल भएको थियो। त्यस्तैगरी मिरकोट मा वि पालुङटार ले महालक्ष्मी मा वि लक्ष्मी बजार लाइ हराउँदै तृतीय भएकाे स्वस्तिका घर्ती ले जानकारी दिनुभयो ।

खेलमा प्रथम हुने रत्न राज्य माध्यमिक बिद्यालय बिरेाचाेकले २५ हजार बराबरकाे खसी , मेडल र प्रमाणपत्र हात पारेको छ। दोश्रो हुने धर्मोदय मा वि ले १७ हजार बराबरको खसी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएकाे छ । त्यस्तै तेस्राे हुन सफल मिरकाेट माध्यमिक बिद्यालय पालुङटार – १० बाघडाडाले १३ हजार बराबरकाे बाेका , मेडल र प्रमाण पत्र जित्न सफल भएकाे रत्न राज्य माध्यमिक बिद्यालय बिरेनचाेकका प्रधानध्यापक तेज बहादुर नेपालीले जानकारी दिनुभयो ।

गोरखा र पालुङटार दुई नगरपालिका भित्रका १० वटा माध्यमिक बिद्यालयहरुका शिक्षकहरुकाे भलिबल प्रतियाेगितामा सहभागीता रहेकाे थियाे ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.