देउवासँग मञ्जु खाणको आक्रोश- बालकृष्णलाई फसाईँदा पार्टी के हेरेर बसेको छ ?

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणकी श्रीमती तथा प्रतिनिधिसभा सदस्य मञ्जु खाणले मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई उनको निवासमै पुगेर भेटेकी छन् । उनले देउवासँग शरणार्थी प्रकरणमा आफ्नो श्रीमानलाई पार्टीले बचाउ नगरेको भन्दै आक्रोश पोखिन् । बालकृष्ण पक्राउ परेपछि सम्पर्कविहीन बनेकी मञ्जु गत शुक्रबार मात्रै सार्वजनिक भएकी हुन् । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन तयार गरेपछि मात्रै उनी श्रीमान भेट्न हिरासत पुगेकी थिइन् । आज भने पार्टी सभापतिलाई भेटेर उनले आफ्नो कुरा राखेकी हुन् ।

मंगलबारको भेटमा मञ्जु सभापति तथा अन्य नेतृत्वसँग आक्रोशित रुपमा प्रस्तुत भएको स्रोतले बताएको छ । उनले धुम्बाराहीमा पुगेर नेता खाणलाई मात्रै फसाउने गरी केही मिडिया, प्रहरी र दलका नेताहरु लागिपरेको बताइन् । ‘खानेबेलामा को-को मिलेर खाए होलान्, अहिले बिनाप्रमाण बालकृष्णले मात्रै सजाय भोग्नुपर्ने ? पार्टी के गरेर बसेको छ ? यसको वास्तविकता के हो ?’ उनले प्रश्न गरेकी थिइन् । सभापति देउवाले मञ्जुलाई अनाहकमा कोही नफस्ने र पार्टीले यसमा पहल गरिरहेको बताएर आश्वस्त पार्न खोजेका थिए ।
नेता खाणका विषयमा तरुण दलका अध्यक्ष विद्धान गुरुङसहितका नेताहरुले पनि आज सभापति देउवालाई भेटेर कुराकानी गरेका छन् । सो अवसरमा टोलीलाई देउवाले खाणको बारेमा धेरै चिन्ता नलिन आग्रह गरेका थिए । मिडिया र प्रहरीले एकपक्षीयरुपमा दोषी देखाएर प्रमाणित नहुने बताउँदै उनले बिनाप्रमाण लगाएका यस्ता आरोप गलत सावित हुने विश्वास दिलाएको सहभागी एक नेताले जानकारी दिए । ‘तपाईहरुलाई जस्तै चिन्ता मलाई पनि लागेको छ नि, केही मिडिया र प्रहरीले दोषी करार गरेर हुँदैन । बिनाप्रमाण दोषी बनाउन मिल्दैन । बालकृष्ण खाणको धेरै चिन्ता लिनुपर्दैन,’ सहभागी एक नेताले देउवाको भनाइ उद्वृत गर्दै भने ।

बालकृष्ण खाणका विषयमा कुरा गर्न मंगलबार धुम्बाराहीमा विभिन्न प्रदेशबाट संस्थापन पक्षका नेताहरु गएको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा वैशाख २७ गते बिहान पूर्वगृहमन्त्री खाण पक्राउ परेका थिए । उनलाई प्रहरीले चाबहिलको मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले खाणलाई गृहमन्त्रालयमै पुगेर एक करोड २४ लाख बुझाएको बयान दिएका छन् । पाण्डेलाई खाण आफैले गृहमा ल्याएका थिए ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

अकला माविमा भूपु विद्यार्थी समाजले चिज गुरुङ र मन्जु बिक लाई नचाउनुसम्म नचाएहेर्नुहोस् भिडियो सहित

हेर्नुहोस् भिडियो सहित गोर्खाको पालुङटार नगरपालिका वडा नं ८ धुवाकोटस्थित अकाला माध्यमिक विद्यालयमा आज अकला मावि भूपू विद्यार्थी समाज ले एक कार्यक्रम गरी चिज गुरुङ,

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

पालुङटारमा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली पूर्णे पिपलस्थित एक महिलालाई धारिलो हतियार प्रयोग गरी अज्ञात व्यक्तिहरूले आज राति हत्या गरेका छन्। पूर्णे पिपल स्थित

सबै पढनुहोस »

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित कोलडाँडामा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २३ गते सम्पन्न भएको छ। पुर्णे पिपल युवा क्लबको आयोजना र

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु

गोरखामा क्रेन दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । आईतबार गोरखा नगरपालिका–१० हुल्चे फाँटमा क्रेन दुर्घटना हुँदा बारा, जितपुरका १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गाेरखाली चेली डा. अम्बिका अर्यालको मुक्तकसङ्ग्रह “भावदीप” को विमाेचन

नेपाली समालोचना र आख्यान सिर्जनामा स्थापित स्रष्टा डा. अम्बिका अर्यालको नवीनतम कृति ‘भावदीप’ मुक्तकसङ्ग्रहको २०८१ असोज १७ गते घटस्थापनाका दिन काठमाडौं बागबजारस्थित पद्मकन्या क्याम्पस, डेनिस

सबै पढनुहोस »
समाचार
गोर्खा संसार

मोटरसाईकल दुर्घटना परी १ जनाको मृत्यु

गोरखा, असाेज १७ गोरखा अाँबुखैरेनी सडकखण्ड अन्तर्गत गाेरखा न.पा. वडा नं.९ ठिगुरेस्वाँरामा माेटरसाइकल दुर्घटनामा परी एक जनाकाे ज्यान गएकाे छ । ज्यान जानेमा गाेरखा जिल्ला

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.