गाेरखाकाे पालुङटार नगरपालिकाकाे बिभिन्न वडाहरूकाे मतपरिणाम सार्वजनिक हुने क्रममा वडा नं. ४ मा माअाेवादी केन्द्रका मान बहादुर पाैडेल वडाध्यक्षसहित पूरै प्यानल बिजयी भएकाे छ । पाैडेलले ६३५ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद सोडारीले ५ सय ५९ मत प्राप्त गरेका छन् ।
उनिसँगै बिजयी हुने अन्य वडा सदस्यहरूमा मिना सुनार, दिलमाया कुमाल, अानन्द परियार र बासुदेव रानाभाट रहेका छन् ।
यससँगै माअाेवादी केन्द्रले अहिलेसम्म ३ वटा जितेकाे छ । अहिले वडा नं. ५ र वडा नं. ७ काे मत गणना भइरहेकाे छ ।