पुरुष मात्र नभई महिला पनि उत्तिकै सबल र सक्षम छन् भन्ने नुमना भरतपुर मेयरका प्रत्यासी रेनु दाहाल:

चितवन : भरतपुर महानगरको स्थानिय तहको निर्वाचनले यतिबेला देशैभरि सबैको ध्यान तान्न सफल भएको छ । चर्चा चुलिएसंगै भरतपुर महानगरको चुनावी गतिविधी रोचक बन्दै गएको छ । दुई धु्रवमा बाँडिएर चुनावी गतिविधीमा संलग्न भएका दलहरु यतिबेला प्रचारप्रसार र घरदैलोलाई तिब्रता दिएका छन् । देशभरि नै पकड बनाउन सफल भएको सत्तारुढ ५ दलिय गठबन्धनले आफुहरु प्रतिगामी विरोधी शक्ती भएकाले चितवनका मतदाताहरुलाई आफ्नो पक्षका उम्मेदवारलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।

५ वर्ष अघि दाहालले चुनाव जित्दै गर्दा अधिकांश नगरबासीले यत्रो नगरले महिला मेयर पाएको छ, के विकास हुने होला र खै, भन्दै गर्दा त्यही मतदाताहरु ५ वर्ष पछि अहिले नगरको विकास देखेर दंग छन् । अवसर पायो भने पुरुष मात्र नभई महिला पनि उत्तिकै सबल र सक्षम छन् भन्ने नुमना दाहालले प्रस्तुत गरेकी छिन् । दाहालको नेतृत्वमा गएको ५ वर्षमा स्थानिय स्तरमा यति धेरै विकास भएको छ कि, केही स्थानका स्थानियबासी पनि चकित भएका छन्, पुर्वाधार निर्माण देखेर ।

‘घर अगाडीको यो सडक वर्षामा हिलाम्य र अन्य बेला धुलाम्य मात्र हुन्थ्यो, कच्ची सडक ग्राभेल पनि के हुन्थ्यो र भनेर सोचेकी थिए, पश्चिम चितवनका पार्वती विकले भनिन्,‘तर सोचेभन्दा फरक भयो, अहिले त कालोपत्रे नै भएको छ, आश्चर्यचकित छु ।’ जिल्लाको एकमात्र पहाडी गाविस भरतपुर २९ कविलास आसवीर तामांगको प्रतिक्रिया पनि उस्तै छ, उनले भने,‘यो पहाडी गाविसमा खानेपानी र स्वास्थ्य चौकीको धेरै समस्या थियो, तर अहिले ३ वर्ष यता धेरै हदसम्म सुविधा पाएका छौं ।’ विगतमा स्थानिय जनप्रतिनिधले गर्न नसकेको विकास महानगर भईसकेपछि मेयर रेनु दाहालको अगुवाईमा भएको छ, महिला भएर के भयो, विकास गर्ने भिजन र उच्च मनोबल हुनुपर्छ, त्यो उहाँमा मैले पाए ।’

वितेको पाँच वर्षको कार्यकालमा निवर्तमान महानगर प्रमुख रेनु दाहाल र उनको टीमले गरेको मेहनतका कारण यो महानगर चर्चा जिल्लामा मात्र नभई राष्ट्रिय स्तरमै चुलिएका ेछ । वितेको पाँच वर्षमा ६२२ किलोमिटर कालोपत्रे गरिएको छ । ४५० किलोमिटर सडक स्तरीय ग्राभल गरिएको छ । नेपालकै सबभन्दा लामो ८८.६ कि.मि. महानगरीय रिङ्गरोड आठ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन तयार भइ सकेको र ४०.५५ किलोमिटर चक्रपथ निर्माण भइ सक्ने अवस्थामा छ ।

त्यस्तै गोन्द्राङ पुल्चोक ६ लेन सडक, नारायणी नदिको तटबन्धन, अन्तर्राष्ट्रिय रंगशाला, यि त भए ठुलो पूर्वाधारका कार्यक्रम । स्वास्थ्य, शिक्षा, कृषिलाई लक्षित गरि उनले ल्याएको साना योजनाले मूर्तरुप पाउदा स्थानिय समेत खुसी छन् । महानगरको मेयर पदमा उनले पुनः उम्मेदवारी दिएपछि महिला मतदाता उनको पक्षमा मतदान गर्न झनै हौंसिएका छन् ।

स्थानिय महिलाहरुको भनाई छ, उनको बुवा प्रचण्ड एउटा राष्ट्रिय पार्टीको प्रमुख छ, उनको अग्रसरमा भरतपुरमा धेरै बजेट आए होलान, तर स्थानिय स्तरको विकासको खाका त उनका बुवा प्रचण्डले कोरेनन्, रेनुले आफ्नै क्षमताले गरिन्, समग्र नगरको विकासमा उनको ठुलो योगदान छ, त्यसैले अहिले बाँकी भएका अधुरा विकास योजनाहरु पुरा गर्न पनि एक कार्यकाल उनलाई जिताउनै पर्छ।

source:saurahaonline

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.