बाबुराम हिसिला निस्केपछिमात्र पार्टीसभापतिसँग कुरा गरेकाे हुँ, पार्टीकाे साख जाेगाउन जेसुकै गर्न पछि पर्दिन …. कंडेल

गोरखा, २० बैशाख । 

नेपाली कांग्रेस गोरखाको पालुङटार नगरपालिकाका मेयरका उमेद्वार दिपकबाबु कंडेलले जसपाका अध्यक्ष डा. बाबुराम भट्टराई देउवासंग लम्पसार परेको बताएका छन् । उहाँले पालुङटार नगरपालिका लिनका लागि बाबुरामका श्रीमान श्रीमती देउवासंग लम्पसार परेको बताएका हुन् ।

कंडेलले उहाँहरु जति लम्पसार परेपनि पालुङटार नगरपालिका छोड्न नसक्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटेर पालुङटार फर्कनु भएका उमेद्वार कंडेलले कार्यकर्ताहरुलाई आश्वासन पार्दै कांग्रेसलाई तिलान्जली दिएर उहाँहरुसंग सम्झौता नगर्ने बतानु भयो । ‘म अहिले बोल्न सक्ने भएको कांग्रेसले गर्दा नै हो, कार्यकर्ता माँझ कंडेलले भन्नु भयो, म काग्रेसलाई तिलान्जली दिएर सम्झौता गर्दिन, गर्दिन, गर्दिन ।’ उहाँले आफुले झण्डै ६ घण्टा प्रधानमन्त्री देउवाको निवासमा बिताएको समेत खुलासा गरेका छन् । ‘

आदरणीय बाबुरामका श्रीमान श्रीमती देउवाको लम्पसार परिरहनुभएको थियो, उहाँले भन्नु भयो, म छिर्ने बित्तिकै कुरा गरौं भन्नुभयो, मैले यहाँ कुृरा गर्दिन भने, ‘अनि शेरबहादुर जी ले तिमीहरु जाउ, तिमी जाउँ भनेर उहाँहरुलाई निकाली दिनुभएको हो ।’ देउवाले बाबुराम, र हिसिलालाई निकालेपछि मात्र आफुले पार्टी सभापतिसँग कुराकानी गरेको समेत बताएका छन् ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.