मैले पार्टीकाे निर्णय मान्छु भनेकाे हाे, कसैलाइ समर्थन गरेकेा छैन – कंडेल

बैशाख २०, गाेरखा ।

नेपाली कांग्रेस पालुङटारका मेयर पदका उम्मेदवार इ.दिपकबाबु कंडेलले अाफूले पार्टी केन्द्रकाे निर्णय मान्ने तर कसैलाइ समर्थनका कुरा नगरेकाे बताउनुभयाे  ।

मिडियमा बिभिन्न प्रचारबाजी र अाफूले जसपालाइ सघाउने भनी अाएका समाचारहरू सबै गलत भएकाे उहाँले बताउनुभएकाे छ । उहाँका अनुसार अाफू पार्टी कार्यकर्ता भएका हिसाबले पार्टीकाे निर्णय बिपरित जान नसक्ने भएतापनि अाफै उम्मेदवार कायमै भइरहेकाे सन्दर्भमा कसलाइ सघाउने भन्ने धारणा भने अाफूले नबनाएकाे बताउनुभयाे ।

केन्द्रिय तहकाे हस्तक्षेप भएकाे कारण केही किचलाे भएकाे तर साे कुरा गलत भइरहेकाे कांग्रेसका केही उम्मेदवारहरूले  बताइएका छन। केन्द्रीय तहमा गरिएकाे भनिएकाे गठबन्धनबाट नेपाली काँग्रेसका मेयर इ.दिपकबाबु कंडेलले उम्मेदवारी फिर्ता गरी जसपालाइ सघाउने भनिएकाे भएतापनि कंडेलकाे उम्मेदवारी भने कायमै छ ।

उहाँले एक बिज्ञप्ति जारी गर्दै अाफूले पार्टी केन्द्रकाे निर्णय मान्ने बताउनुभएकाे छ तर कसलाइ सघाउने भन्ने बारे कुनै पनि धारणा व्यक्त गर्नुभएकाे छैन । उता हिजाे नै काँग्रेसका सवै वडाका उम्मेदवारहरूले मेयर बिना निर्वाचनमा जान नसक्ने भनी संयुक्त रूपमा राजीनामा दिएका छन । अब के हुन्छ त ? भन्ने प्रश्नमा कंडेलले निर्वाचन अायाेगकाे नियमावलीअनुसार अाफू कांग्रेसकाे तर्फबाट मेयर पदकाे अाधिकारिक उम्मेदवार भएकाे र सबै जनसमुदायले निर्धक्कसँग रूख चिन्हमा मतदान गर्न समेत अनुराेध गर्नुभएकाे छ ।

उम्मेदवारहरूकाे राजीनामा सम्बन्धमा पनि उहाँले सबै उम्मेदवारहरू अाफ्नाे पक्षमा रहेकाे र अाफू पनि सदैव उहाँहरूसँगै रहेकाे बताउनुभयाे ।

 

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

१७ औं भानु कप फुटबल प्रतियोगिता १९ गते देखि २६ सम्म हुने

शंकरराज नहर्की । तनहुँ १२ साउन २०८१ शनिवार ।  १७ औं भानु कप फुटबल प्रतियोगिता साउन १९ गतेदेखि २६ गते सम्म हुने भएको छ ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.