नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको महामन्त्रीमा गोरखाका किरणबाबु श्रेष्ठ बिजयी: गोरखाका ७ जना सदस्यमा बिजयी

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको महामन्त्रीमा गोरखाका किरणबाबु श्रेष्ठ बिजयी भएका छन् ।
आईतबार बिहान सकिएको मत गणनामा श्रेष्ठले ५७३ मत प्राप्त गरेर बिजयी भएका हुन् ।

अर्का महामन्त्रीमा बिजयी बिष्णुप्रसाद लामिछाने हुन् । सभापतिमा शुक्रराज शर्मा बिजयी भएका छन् । उनले ६१२ मत पाए भने प्रतिद्धन्द्धी अर्जुन प्रसाद जोशीले ५२८ मत प्राप्त गरे ।
बिजयी शर्मा रामचन्द्र पौडेल पक्षिय नेता हुन् । उप सभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ बिजयी भए । सह महामन्त्रीमा कोपिला रानाभाट, रमेशकुमार पाण्डे र रामचन्द्र जोशी बिजयी बने ।

बिजयी पदाधिकारी मध्ये उप सभापति मेखलाल श्रेष्ठ देउबा प्यानलबाट उम्मेद्धवार थिए भने बाँकी सबै पौडेल पक्षका हुन् ।
सदस्यमा भने गोरखाका बिरबल ढकाल (७२५), प्रकाशचन्द्र दवाडी (५२७), पूर्णबहादुर दाहाल (५५८) जानुका पन्त (६११) शोभा अधिकारी (६०३) बिनाकुमारी श्रेष्ठ (५५१) पूर्ण राना मत सहित बिजयी भएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.