काठमाडौं, चैत ३-
राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सुरु भएको छ ।
बैठकमा सकारकार तर्फबाट प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सहभागी छन् । एमालेको वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा सहभागी छैनन् ।
त्यस्तै नेपाली कांग्रेसको तर्फबाट पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र उपसभापति बिमलेन्द्र निधि सहभागी छन् भने नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख सचेतक देव गुरुङ र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
जनता समाजवादी पार्टी नेपालको तर्फबाट अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो सहभागी छन् । जसपा संघीय परिषद्का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने सहभागी छैनन् । नेमकिपाको तर्फबाट सांसद प्रेम सुवाल, राप्रपाको तर्फबाट अध्यक्ष प्रकाशचन्द्र लोहनी सहभागी छन् ।
त्यस्तै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी छन्।