राजाबादी अभियान तनहुँले आज शनिबार डुम्रे-चन्द्रावती माेटरसाईकल र्यालीकाे आयोजना गरेको छ । राजतन्त्रकाे पुनस्र्थापना ,संघियताकाे खारेजी र हिन्दु राष्ट्र घाेषणाकाे माग गर्दै र्यालीकाे आयोजना गरेको कार्यक्रमका संयाेजक रामबाबु बाेहाेराले जानकारी दिनुभयाे । कार्यक्रमकाे पूर्व सन्ध्यामा सुक्रबार आयाेजित पत्रकार सम्मेलनमा अभियानका सचिव अच्युत घिमिरेले शनिबार बिहान ११ बजे डुम्रे बजारकाे बेशिसहर चाेकबाट भन्सार-सेपाकाे बगैँचा, टुहुरे पसल हुँदै चन्द्राबती पुगेर र्याली टुँगिने र र्यालीमा करिब १५० माेटरसाईकल सहभागी रहने बताउनु भयाे ।
राजाबादी अभियान तनहुँद्वारा आज शनिबार डुम्रे-चन्द्रावती माेटरसाईकल र्यालीकाे आयोजना
Facebook Comments Box