व्यासको मेयरको पुनः मतगणना असार २ गते हुने

१२ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ मा हुने भएको छ । ३१ वैशाख २०७९ मा निर्वाचन भएर नगर प्रमुख वैकुण्ठ न्यौपानेले पद सम्हालेको २ वर्षपछि उच्च अदालत पोखराले पुनः मतगणना गर्नुपर्ने फैसला सुनाएको हो ।

उच्च अदालतले १ जेठमा गरेको फैसलाको पूर्णपाठ बिहीबार जिल्ला निर्वाचन कार्यालय तनहुँ लगायतका विपक्षीलाई दिइएको छ । जसमा असार २ गते बिहान मत गणना गर्ने समय तोकिएको छ ।

उच्च अदालत पोखराका रजिस्ट्रार अच्युत कुइँकेलले भने, ‘पुनः मतगणनाको खर्च निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय तनहुँले व्यहोर्ने गरी पोखरा नजिक वा अदालतमा गणना हुने भएको छ । सम्बन्धी निकाय सबैलाई पत्राचार गरिसकेका छौं ।’

नगर प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले धाँधली गरेर नेपाली कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेलाई निर्वाचित घोषणा गरिएको भन्दै १२ जेठ २०७९ मा पुनः मतगणनाको माग गरेर उच्च अदालत पोखरामा रिट दिएका थिए । मतगणना गर्दा वडा नं १ देखि ८ सम्म आफूले धेरै मत पाएको तर वडा नं ९ देखि १४ सम्म षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको भन्दै जोशीले रिट दायर गरेका थिए ।

उक्त रिटको फैसला गर्दै अदालतले मतगणना सम्बन्धी फारम र एकीकृत मतगणना फारमलाई एक अर्कासँग भिडाउँदा, व्यास नगरपालिका वडा नं १० को १००१ देखि ११०० सम्मको मतगणना फारममा जोशीले ३० मत प्राप्त गरेको देखिएको र मत एकीकृत फारममा समावेश नभएको र त्यो मत जोशीको कुल मतमा जोडेको नदेखिएको पाइएको उल्लेख गरेको छ ।

त्यस्तै वडा नं ४ को एकीकृत मतगणना फारममा ५०० मतपत्र गणना गर्दासम्मको भनेर विभिन्न निर्वाचन चिह्नहरूमा जम्मा ४५३ मत उल्लेख भएको पूर्ण पाठमा भनिएको छ । त्यस फारममा बदर मतको हरफमा कुनै अङ्क उल्लेख भएको छैन । गणना गरिएको ५०० मतमा नपुग मत ४७ के भएको भन्ने नखुलेको अदालतले जनाएको छ ।

वडा नं १० को मतगणनामा जम्मा खसेको मत ३०४२ र उम्मेदवारहरूले २,५६७ मत प्राप्त गरेको तथा ४७५ बदर मत भनी उल्लेख गरिएको छ, । जबकी त्यस वडाको मतगणना फारममा गणना भई जम्मा ११६ बदर मतलाई धर्का तानी गणना गरी देखाइएकामा ४७५ मत बदर भएको पुष्टि नभएको अदालतले उल्लेख गरेको छ ।

नेकपा एमालेको सहयोगमा ब्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जोशी कांग्रेसका न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका थिए । जोशी नेपाली काँग्रसका पूर्व सहमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन् ।

न्यौपानेले १२ हजार ७८ मत ल्याएर निर्वाचित हुँदा जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए ।
उच्च अदालतको फैसलाविरुद्ध मेयर न्यौपाने सर्वोच्च अदालतमा पुनरावेदन दिने तयारी गरेका छन् । आफैं कानुन व्यवसायी समेत रहेका न्यौपानेले पार्टी सँग परार्मश गरी सर्वोच्च जाने तयारी गरेका हुन् ।

‘रीतपूर्वक नै गणना गरिएको छ, गणना नै निर्वाचन आयोगले गरेको हो । फेरि मत गणना हुँदा केही भोट तल माथि होला तर मतगणना भएपछि त्यसको केही अर्थ लाग्दैन । विपक्षीले लगाएको आरोप पुष्टि हुन सक्दैन ।’

जोशीले भने मतगणनाको काम कानुन अनुसार नभएको भन्दै अदालतले पुनःमतगणना गर्न आदेश दिनुले गणनामा धाँधली भएको पुष्टि भएको बताए । उनले भने,‘पुनः मतगणना गर्न लगाउनु धाँधली गरेर जितेको पुष्टि भएको छ, मतगणनाकै बेला म अस्पतालमा हुँदा धाँधली भएको कुरा रिर्पोटिङ भएको थियो ।’ पुनः मतगणना हुँदा आफूले जित्नेमा विश्वस्त रहेको उनको दाबी छ ।

साभार

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.