गाेरखाकाे पालुङटार नगरपालिकामा माअाेवादी केन्द्रकाे २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । माअाेवादी केन्द्रका पालुङटार नगरपालिका भित्रका सबै सदस्यहरू तथा जनावर्गीय संगठनका प्रमुखहरूका लागि प्रशिक्षण दिईएकाे नगर कमिटी सचिव शंकरराज कंडेलले जानकारी दिनुभयो । कार्यक्रम पालुङ्टार नगरपालिका वडा नं ७ को च्याङलीमा पाैष १६ र १७ गते पालुङटार नगर पार्टीका अध्यक्ष रिखिराज धाैरालीकाे अध्यक्षतामा सम्पन्न भएको थियो। सहसचिव बिकास भट्टराईले स्वागत गर्नुभएको कार्यक्रममा राजनीतिक अर्थशास्त्रका बारेमा माअाेवादी केन्द्रका केन्द्रीय सदस्य खाेप बहादुर कंडेलले, नेपालकाे कम्युनिष्ट अान्दोलनका बारेमा अकुर तिमिल्सिना र स्थानीय सत्ता एवं उत्पादनका बारेका बिबश चिन्तन, नेपालकाे संविधान र समावेशिताका बारेमा बन्दना पाण्डे, माक्सबादकाे सान्दर्भिकता, लाेकप्रियता र युवा का बारेमा इन्द्र ब भट्टराई, दृष्टिकोण निर्माणका बारेमा नेत्र अधिकारी, कार्यनीति र कार्यदिशा बारे हरिराज अधिकारी र संगठन निर्माणका बारे कमला नहर्की लगायतकाले सहजीकरण गरेका थिए ।
पालुङटारमा माअाेवादी केन्द्रकाे २ दिने प्रशिक्षण सम्पन्न
Facebook Comments Box