नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकाे बिराेधमा संसद अवराेध

२१ जेठ, काठमाडौं ।

नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पाैडेलले प्रमाणीकरण गरेकाेमा बिराेध जनाउँदै सँसदमा अवराेध खडा गरिएकाे छ ।

आइतबार पूर्वनिर्धारित कार्यसूची अनुसार प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्नकाे लागि बाेलाइएकाे संसद बैठकमा बिपक्षी दलका नेताहरूले नागरिकता बिधेयकका बारेमा बिराेध गरी अवराेध गरेपछि संसद बैठक सोमबारका लागि बाेलाइएकाे छ ।

यसअघि आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । विपक्षी दलका सांसदहरुले आआफ्नो स्थानमा उठेर नाराबाजी गरेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका थिए ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.