गोरखा । नेकपा माओवादी केन्द्र गोरखाले गण्डकी प्रदेशका सभामुख कृष्ण धिताललाई सम्मान गरेको छ । गोरखा सदरमुकाम आईपुगेका नव निर्वाचित सभामुख धिताललाई जिल्ला पार्टीले सम्मान गरेको हाे ।
गोरखा क्षेत्र नं. १(१) बाट विजयी भई भएका धिताल पहिलाे पटक जिल्ला आएका हुन् । समन्वय समिति गोरखाको आयोजनमा बार्षिक समीक्षा गोष्ठीमा भाग लिन सभामुख धिताल गोरखा आएकाे अवसरमा सम्मान गरिएकाे माओवादी गाेरखाले जानकारी दिएकाे छ । सम्मान कार्यक्रममा धितालले आफुले गण्डकी प्रदेशसभाकाे सदनलाइ सहि ढँगले परिचालन गर्ने बताए । सँसदमा अहिले विजनेश कम भएकाे उनकाे भनाइ थियाे । प्रदेशका सभामुख भएपछि उनले नेकपा माओवादी केन्द्रबाट राजीनामा दिइसकेका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सभाका प्रमुख सचेतक शुसिला सिंखडालाइ पनि पार्टीले सम्मान गरेकाे छ । पार्टी केन्द्रिय सदस्य समेत रहेकी सिँखडा लामाे समय माओवादी जनयुद्धमा सहभागि भएर काम गरेकी थिइन । पार्टीले उनकाे कामकाे मूल्याङ्कन गर्दै गण्डकी प्रदेशमा समानुपातिक साँसद बनाएकाे थियाे ।
सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवँ गाेरखा जिल्ला इञ्चार्च अमर तमु , पार्टीका केन्द्रीय सदस्य लेख बहादुर थापा , कमला नहर्की, भगवती लामिछाने, जिल्ला संयोजक बिष्णु प्रसाद भट्ट, जिल्ला पार्टी कार्यलय ईन्चार्च अकुर तिमिल्सिना गोरखा नगरपालिका मेयर कृष्ण राना विभिन्न संघ सँस्था प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।