चार दिने क्षमता विकास तालिम सम्पन्न

पोखरा । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विन्दुवासिनी संस्कृत विद्यापीठको अनुसन्धान व्यवस्थापन एकाइद्वारा आयोजित चार दिने तालिम सम्पन्न भएको छ । जेठ २ गतेदेखि ५ गतेसम्म सञ्चालित तालिममा नेपाल संस्कृत विश्वविद्यलाय, त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालयका प्राध्यापकहरूद्वारा विभिन्न विषय र शीर्षकमा १२ वटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए ।

तालिमका क्रममा सहायक प्राध्यापक अम्बरराज ढकाल, उपप्राध्यापक विष्णुप्रसाद शर्मा, उपप्राध्यापक डा. भोलानारायण रेग्मी, उपप्राध्यापक डा.सविन्द्रराज भण्डारी, उपप्राध्यापक प्रकाश पौडेल, उपप्राध्यापक डा.पिताम्बर पौडेल, उपप्राध्यापक गणेश शर्मा सुवेदी, सहप्राध्यापक डा. चूडामणि कँडेल, उपप्राध्यापक डा.जगन्नाथ रेग्मी, सहप्राध्यापक डा. काशिनाथ कण्डेल, सहप्राध्यापक योेगराज पौडेल, सहप्राध्यापक आनन्दमणि रिजालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

तालिमको समापन समारोहमा विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले तालिम उपलव्धिपूर्ण रहेको बताउँदै यसलाई विद्यापीठले आगामी दिनमा पनि निरन्तरता दिने बताए । सहप्राध्यापक राधाकृष्ण गैरेले प्राज्ञिक क्षमता विकासका लागि तालिमले उत्प्रेरणा दिएको बताउँदै प्राज्ञिक अनुसन्धानको प्रबद्र्धनमा सहयोगी बनेको बताए । कार्यक्रममा उपप्राध्यापक प्रकाश पौडेलले समग्र तालिम कार्यक्रमको समीक्षा गरेका थिए । उक्त अवसरमा कार्यपत्र प्रस्तोताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

 

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.