दिउँसै घरमा पसेर चाेरी गर्ने पक्राउ

गाेरखा, असार १२

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीबाट दिउँसै घरभित्र पसी चाेरी गर्ने एकजना पक्राउ परेका छन् ।

अाइतबार दिउँसाे करीब ३ बजेतिरकाे समयमा स्थानीय तल्लाेगाउँस्थित एक घरबाट नगद १२ हजार सहित माेबाइल चाेरी गर्ने व्यक्ति पक्राउ परेका हुन । चाेरीमा सँलग्न व्यक्ति गाेरखा लक्ष्मीबजार घर बताउने १६ बर्षीय रहेकाे र चितवन बस्दै अाएकाे बताइएकाे छ । निजले अाफू सानैदेखि चितवन बस्दै अाएकाे र अाफ्नाे घर समेत नचिन्ने बताएका छन ।  अस्थायी प्रहरी पाेष्ट बिरूवाटारले पक्राउ गरेकाेमा निजलाइ थप अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालय गाेरखा पठाइएकाे छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.