गाेरखा,
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकाेटबाट अस्थायी प्रहरी चाैकी बिरूवाटारले १२ थान सालका गाेलिया बरामद गरेकाे छ ।
अस्थायी प्रहरी पाेष्ट बिरूवाटारका अनुसार गस्ती गएका बखत वडा नं. ८ धुवाँकाेटस्थित मिलनटाेलबाट बेवारिसे अवस्थामा सालकाे गाेलिया रहेकाे ग ३ च ३९० नं.काे बाेलेराे जिप पक्राउ गरी अनुसन्धानका लागि बन कार्यालयलाइ बुझाइएकाे छ ।