नवनिर्वाचित बिद्यालय व्यवस्थापन समितिलाइ अभिनन्दन

गाेरखा,पुस ९ गते ।

पालुङ्टार नगरपालिका ९ स्थित त्रिवेणी माविको विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सल्लाहाकार समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरूका बिच परिचयात्मक तथा अभिनन्दन र चियापान कार्यक्रम सम्पन्न भएकाे छ ।

पाैष ८ गते बिद्यालयका नवनिर्वाचित अध्यक्ष अध्यक्ष चक्रबहादुर लामाकाे अध्यक्षतामा कार्यक्रम गरिएकाे थियाे जसमा वडा नं. ९ का वडाध्यक्ष भेजराज पाण्डे प्रमुख अतिथिकाे रूपमा रहनुभएकाे थियाे । बिद्यालयका शिक्षक अमर गैरे ले सञ्चालन गर्नुभएकाे कार्यक्रममा बिद्यालयका सहायक प्रधानाध्यापक पूर्ण प्रसाद ढकालले स्वागत गर्नुभएकाे थियाे । त्यस्तै गरी बिद्यालयका प्रधानाध्यापक एवं समितिका सदस्य सचिव गणेशप्रसाद सेडाइले कार्यक्रमकाे अाैचित्यकाे बारेमा प्रष्ट्याउनुभएकाे थियाे ।

कार्यक्रममा नवनिर्वाचित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा सल्लाहाकार समितिका पदाधिकारीहरूलाइ प्रमाणपत्र प्रदान गर्नुका साथै अभिनन्दन गरिएकाे प्रधानाध्यापक सेडाइले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.