स्वाब पठाएको अाठ दिनसम्म पनि रिपोर्ट अाएन

गोरखा १, असार

गोरखाको पिसिआर बिधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका मध्ये ३ सय ८६ जनाको रिर्पोट आउन बाँकी रहेको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार परीक्षणका लागि पठाइएको ६२ जना महिला र ३ सय ३४ जना पूरुषको कोरोना परीक्षणका लागि रिर्पोट आउन बाँकी रहेको छ । गोरखा जिल्ला भरी अहिलेसम्म ६ सय ८९ जनाको स्वाब संकलन गरि सकिएको कार्यालयले जनाएको छ ।

परीक्षणका लागि पालुङ्टार ७ बाट स्वाब पठाईएकाे १ साता बितिसक्दा समेत रिपोर्ट नअाउंदा रिपोर्ट काे बिश्वसनीयतामाथि पनि शंका गर्न थालिएको छ ।

स्वाब पठाएको साता बढि हुंंदासमेत रिपोर्ट नअाउंदा अाफुहरूलाई तनाब भएकाे जिवन ज्याेति क्वारेन्टाइन मा बस्नेहरू बताऊछन ।

स्वाब संकलन गरिएका मध्ये ५ सय ५७ जना पुरुष र १३२ जना महिला रहेका छन् । स्वाब संकलन गरि पठाइएका २८९ जनाको भने रिर्पोट प्राप्त भएको स्वास्थ्य कार्यालयको तथ्याङमा उल्लेख छ । जसमध्ये १४ जनामा कोरोना संक्रमण भेटिएको थियो ।

त्यस्तै जिल्लामा द्रूत परीक्षण बिधिबाट १ हजार १ सय १० जनाको कोरोना परीक्षण गरिएको छ । जस मध्ये ८ जनामा रिर्पोट पोजेटिभ देखिएको थियो । उनिहरुको पनि पिसिआर परीक्षणका क्रममा भने रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.