समुद्रमा यत्रतत्र छरिएर रहेको छ सुन ! किन निकालिंदैन आखिर डुबेको सुन ?

पृथ्वीका समुद्रहरुको गहिराइमा केवल रहस्यमयी जीवजन्तु वा मुगा मात्रै छैनन्,त्यहाँ सुन पनि डुबेको छ । अमेरिकी सरकारी विभाग राष्ट्रिय सामुद्रिक सेवाका अनुसार समुद्रको पिँधमा थोरै होइन २ करोडभन्दा पनि बढी सुन त्यत्तिकै बसिरहेको छ । यसको मूल्य ८ सय ट्रिलियन डलरभन्दा धेरै पर्दछ । समुद्रमा रहेको सुन यतिधेरै छ कि यसबाट विश्वमा अमेरिका जस्ता कैयन् शक्तिशाली देश बनाउन सकिन्छ । वास्तवमा समुद्रको पानीमा करोडौं टन सुन र अन्य बहुमूल्य धातुहरू डुबेको अवस्थामा छ । त्यसका अलावा दुर्घटनाग्रस्त जहाजदेखि मानिसहरुले आस्थाका कारण फ्याँकेका सिक्का लगायतका वस्तुहरु समुद्रको पिँधमा जम्मा भैरहेका छन् ।

कुन जहाजमा कति सुन थियो ?
सन् १६४१ मा बेलायतको रोयल मर्चेन्ट नामक पानीजहाज खराब मौसमका कारण कर्नवाल नजिकैको समुद्रमा डुब्यो । सन् २०१९ मा सो जहाजको माथिल्लो हिस्सा त भेटियो तर सो जहाजको पिँधको हिस्सा कहिल्यै पनि फेला परेन । डुब्ने बेलामा उक्त जहाजमा एक लाख पाउण्ड सुन भएको बताइन्छ । त्यस्तै पोर्चुगलको कार्गो जहाज दी ला मेरले झण्डै एक दशकसम्म उपनिवेशका मुलुकहरुबाट सुन तथा अन्य बहुमूल्य वस्तुहरु बटुलेर पोर्चुगल पुर्‍याउने काम गरेको थियो । १६औं शताब्दीको सुरुवातमा प्रशान्त महासागरमा एक दुर्घटनाको सिकार हुँदै यो जहाज समुद्रको गहिराइमा विलिन भयो । एक अनुमान अनुसार सो पानी जहाजमा त्यसबेला कार्गोको रुपमा २ अर्ब डलर मूल्यको सुन राखिएको थियो ।

डुबेको सुनको मूल्य कति ?
अमेरिकाको नेशनल ओसनिक एण्ड एटमसफेरिक एडमिनिस्ट्रेसनका अनुसार समुद्रमा कति परिमाणमा सुन वा अन्य बहुमुल्य सामान खसेको छ भनेर यकिन भन्न गाह्रो छ । तथापि समुद्रमा डुबेका ठूला जहाजहरुको आधारमा यसको गणना गर्ने गरिन्छ । के भन्ने गरिन्छ भने समुद्रमा आजसम्म डुबेको सबै सुनलाई निकालेर यदि बेच्ने हो भने अमेरिकाको जत्रो अर्थतन्त्र भएका कैयन् देश खडा गर्न सकिन्छ । तर अनौठो कुरा त के भने समुद्रमा डुबेको सुन तथा अन्य बहुमूल्य वस्तुहरुमध्ये अधिकांश चाहिँ तत्कालीन शक्तिशाली मुलुकहरुले आफ्नो उपनिवेशमा रहेका मुलुकबाट लुटेका हुन् ।

आखिर किन निकाल्दिैन समुद्रमा डुबेको सुन ?
यहाँनेर प्रश्न उठ्नु स्वभाविकै हो कि, जब यतिधेरै सुन समुद्रको पिँधमा यत्रतत्र पोखिएको छ र त्यो कुरा दुनियाँलाई थाहा पनि छ भने त्यसलाई किन निकालिंदैन त ? वास्तवमा समुद्रको पिँधबाट सुन निकाल्नुका विभिन्न व्यवहारिक कठिनाइहरु छन् । पहिलो कुरा त समुद्रको कुन भागमा कति सुन जम्मा भएको छ भन्ने यकिन रुपमा कसैलाई थाहा छैन । यदि त्यसरी सुन भएको ठाउँ पत्ता लागिहाल्यो भने पनि समुद्रको त्यतिधेरै गहिराइमा पुग्न सजिलो छैन ।अनि पुगिहालियो भने पनि एउटा ठूलो जटिलता अगाडि आउनेछ ।
सुन समुद्रको पिँधमा बाहिरै छ भन्ने पनि हुँदैन, ठूलो चट्टानले थिचिएको अवस्थामा पनि हुनसक्छ । साथै सयौं वर्षदेखि रहेको सो सुनमा मुगा पनि बनिसकेको हुनसक्छ । यस्तोमा त्यो सुनलाई निकाल्नका लागि उत्खनन् गर्नुपर्ने हुन्छ । यी सबै प्रक्रियाका लागि कति समय लाग्दछ, त्यो थाहा छैन । त्यतिधेरै समयसम्म समुद्रमा हजारौं मिटरमुनि बस्न सम्भव हुँदैन । यदि मेसिनलाई उक्त काम सुम्पिने हो भने पनि अचानक आउने तूफान वा माछाले त्यसलाई बिगार्नेछन् ।

सुन पत्ता लगाउने उपकरण
समुद्रमा कुनकुन ठाउँमा सुन छ भन्ने कुरा पत्ता लगाउने कोसिस धेरैपटक भयो । समुद्रमा काम गर्ने विभिन्न संस्थाहरुले लगातार यस क्षेत्रमा काम गरिरहेका छन् । सबैभन्दा पहिले १९औं शताब्दीमा ब्रिटिस चर्चका पादरी तथा गणितिज्ञ फोर्ड जर्नेगनले एउटा उपकरण बनाए । गोल्ड एक्युमुलेटर नामको उक्त टूलका बारेमा उनको दाबी थियो कि पारो तथा बिजुलीको सहयोगमा हामीले समुद्रमा लुकेको सुन खोज्न र बाहिर निकाल्न समेत सक्दछौं । जर्गेननले एक कम्पनी पनि स्थापना गरे, जसको नाम थियो इलेक्ट्रोलाइड मरिन साल्ट्स । कम्पनीले जोडतोडसँग आफ्नो विज्ञापन पनि गर्‍यो । सो कम्पनीमा धेरै लगानीकर्ताहरुले पैसा खन्याए पनि । समुद्रमा सुनको कथित खोज तथा उत्खनन पनि चल्यो । तर लगानीकर्ताहरुको लगानी बालुवामा पानी भयो । समुद्रको पिंधमा सुन फेला पार्न सकिएन ।

पेटेन्ट समेत भैसकेको छ
सन् १९०० मा लण्डनस्थित एकजना लगानीकर्ता हेनरी क्ले ले समुद्रको पिँधबाट सुनको उत्खनन सम्बन्धमा प्रतिलिपि अधिकार दर्ता गरे । उक्त पेटेन्टको नाम मेथड अफ एक्स्ट्रेक्टिंग गोल्ड फ्रम सी वाटर राखिएको थियो । तर त्यो पेटेन्ट पनि बेकार सावित भयो । समुद्रको गहिराईमा जाने कोसिस त निरन्तर भैरहेकै छ तर सुन फेला पार्नमा भने ठूलो सफलता मिल्न सकेको छैन । विज्ञहरुका अनुसार समुद्रको पिँधबाट सुन निकाल्न जतिधेरै खर्च हुन्छ त्यो पैसाभन्दा कम मूल्यमान त बजारमै सुन किन्न सकिन्छ ।

समुद्रको पिँधबाट सुन निकाल्न सजिलो नहुनुको अर्को कारण पनि छ । पृथ्वीमा महासागर तथा समुद्रमा रहेको पानीको परिमाणको तुलनामा सुनको परिमाण नगन्य जस्तै हो । अर्थात् समुद्रको १० करोड टन पानीमा केवल १ ग्राममात्रै सुन छ । अर्थ एण्ड प्लानेटरी साइन्स लेटर्स नामक जर्नलमा यस्तो दाबी गरिएको हो । त्यसैले शक्तिशाली मुलुकहरुको प्रयासका बाबजुत पनि समुद्रबाट सुन निकाल्न सकिएको छैन । तथापि सुन खोज्ने कामचाहिं चलिनै रहेको छ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.