दुवै खुट्टा गुमाएका बुढाले सगरमाथा चढेपछि …

दुवै खुट्टा नभएका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढाले सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरि गरेपछि यतिबेला संसारभर चर्चा भएकाे छ ।                                    सगरमाथाको सफल अाराेहण गरी काठमाडौं फर्किएपछि यतिबेला उहाँलाई भब्य स्वागत गरिएकाे छ । बुढाले शुक्रबार दिउँसो सगरमाथा आरोहण गर्नुभएकाे थियाे।

बेलायती सेनामा जागिर खाने क्रममा ८ वर्षअघि अफगानिस्तानस्थित हेलमान प्रान्तको आक्रमणमा परी बुढाले दुवै खुट्टा गुमाएका थिए। उनले यसअघि २०१६ मा सूर्य कुण्ड हिमाल नेपाल, बेन नेभिस स्कटल्याण्ड, माउन्ट ब्ल्याडक फ्रान्स हुँदै नेपालको थोराङलापाससम्म पुगिसक्नुभ एकाे छ।

अपांगता भएकाहरु असक्षम हुँदैनन् भन्ने देखाउनको लागि आफूले सगरमाथा चढेको उहाँले बताउनुभएकाे छ।                उहांलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ। सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै  मगर समूदायले झाँकीसहित उहांकाे स्वागत गरेकाे थियो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.