अष्ट्रेलियाली सहायक विदेश मन्त्रीद्वारा प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।

बुधबार  बिहान निवास बालुवाटारमा भएको भेटमा उहाँले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गर्नुभएको थियो । प्रधानमन्त्रीले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था र समस्याहरुका बारेमा चासो व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको थियो ।

भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकास र पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोगका बारेमा छलफल भएको थियो । मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीहरुले राम्रो प्रभाव पारेको भन्दै उनीहरुको योगदानको प्रशंसा गर्नुभयो । उहाँले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियन सरकार र जनताकाे सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो ।

Facebook Comments Box
राजनिति
गोर्खा संसार

धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् घोषणा

ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । शपथ लिएपछि ओलीले आजै सिंहदरबारस्थित कार्यालयमा पदभारग्रहण

सबै पढनुहोस »
साहित्य
गोर्खा संसार

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा   पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

केपी ओली आज चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै

प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

पहिरोमा परी बेपत्ता भएका बसको खोजी आज पनि हुँदै

पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म बेपत्ता रहेका छन् ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले हिजो दिनभर खोजी कार्य गरे पनि

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.