भट्टराईको सम्झनाका कांग्रेसद्धारा शोक सभा

दमौली । प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेस व्यास नगर समितिका पूर्व सभापति स्वर्गीय बद्रीहरी भट्टराईको सम्झनामा सोमबार शोक सभा गरिएको छ । तेह्रौं दिनको पुण्य तिथीमा नेपाली कांग्रेस व्यास नगर समितिद्धारा शोक सभा गरिएको हो ।

शोक सभाको प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई रहेका थिए । सो अवसरमा केन्द्रीय सदस्य भट्टराईले उनको निष्ठावान कर्मले राजनीतिमा अघि बढ्न उर्जा मिलेको बताए । बफादार योद्धा रुपमा चिन्ने गरेको उल्लेख गर्दै उनले पार्टीमा उनको अभाव सधैं खड्किने बताए । उनी जस्तै जस्तै निष्ठावान र लोकतन्त्र प्रतिबद्ध नेताले गर्दा झण्डै लोप हुन लागेको प्रजातन्त्रलाई पुर्नजिवित हुन सकेको भट्टराईको भनाई थियो । विपी कोइरालको सन्देस गाउँ गाउँमा पु¥याउने , व्यक्तिगत फाइदाको लागि नभई पार्टीको लागि काम गर्ने नेता भट्टराई भएको उनले बताए । स्वतन्त्रा, संविधान, निर्वाचनको पद्धति उहाँहरुको योगदानले आएको भट्टराईले जानकारी दिए ।

शोक सभामा भट्टराईको राजनीतिक जीवनीको बारेमा संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले जानकारी दिएका थिए । विपीको पठाएको सन्देश गाउँ गाउँमा पु¥याए बापत दुई वर्ष जेल जीवन समेत विताउनु परेको पोख्रेलले बताएका थिए ।

नेपाली कांग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेको अध्यक्षमा भएको शोक सभामा नेपाली कांग्रेस तनहुँका निवबर्तमान सभापति वैकुष्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल, सचिव लक्ष्मीभक्त खनाल, भट्टराईसँगै जेल पर्नु भएका भिमसेन दर्र लगायतले लाभको पद नपाएपनि निरन्तर पार्टीको लागि योगदान दिने त्यागि, निष्ठावान नेता भएको उल्लेख गर्दै नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षती पुगेको धारणा राखे । भट्टराईले नेपालका प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय योगदान पुर्याउनु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टीले जनाएको छ । शोक सभा भट्टराईको निवास व्यास ४ दमौलीमा गरिएको थियो ।

भट्टराई व्यास नगरपालिका–११ फराकचौरमा २००३ साल भदौ २४ गते जन्मनु भएको थियो भने निधन यही जेठ ३ गते भएको थियो । परिवारजनको तर्फबाट भट्टराईको बुहारी शुसिला शर्मा भट्टराई सहभागीलाई धन्यवाद दिएकी थिइन् भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस व्यास नगरका सहसचिव मानबहादुर रुचालले गरेका थिए ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.