निमा एकेडेमीद्वारा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता

काठमाडौँ । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका बिचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने महत्त्वपूर्ण कदमअन्तर्गत एक महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेको छ । ‘कोडेभर ५‍‌.० रिजनल’ नाम दिइएको कार्यक्रमका लागि यही असोज १९ देखि नाम दर्ता खुला गरिएको छ । यस प्रकारको टेक इभेन्ट रोबोटिक्स, कोडिङ र एआई च्याम्पियनसिप नेपालमा पहिलो पटक भएको कम्पनीको भनाइ छ ।
यो च्याम्पियनसिप स्टेम्पपेडियालगायतद्वारा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यसँग आवद्ध वार्षिक कार्यक्रम भएको कम्पनीको भनाइ छ ।

दिगो भविष्यतर्फ युवा विद्यार्थीहरूको क्षमताको उपयोगमा स्टेम्पपेडियाको विश्वव्यापी प्रभावलाई मान्यता दिँदै निमा एकेडेमीले यस क्षेत्रीय च्याम्पियनसिपको आयोजना गर्न साझेदारी गरेको हो । जसले समुदायमा व्यापक रूपमा एक लहर सिर्जना गरेको बताइएको छ । यसका साथै निमा एकेडेमीले स्किलसअप ग्लोबलसँग तालिम साझेदारको रूपमा समेत सहकार्य गर्ने छ ।
कार्यक्रमको अवसरमा निमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधानले यो कार्यक्रम नेपालमा रोबोटिक्स, कोडिङ र आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा विद्यार्थीको उत्कृष्टता र पहिचानलाई अभिवृद्धि गर्ने एक ऐतिहासिक कोसेढुङ्गा हुने बताए

उनले भने, ‘यो नेपालमै पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता एक ऐतिहासिक कोसेढुङ्गा हुने छ । यसले विद्यार्थीहरूलाई उनीहरूको एआईसम्बन्धी विशेषज्ञता विश्वव्यापी स्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने छ । यस अनुभवले विद्यार्थीहरूमा क्षमता पहिचानका अतिरिक्त भविष्यका लागि उनीहरूको सिप अभिवृद्धि गर्न मद्दत गर्ने छ ।’

यो कार्यक्रममा देशभरका १०० विद्यालयका करिब २००० विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ । प्रधानका अनुसार अक्टोबर ६ (असोज १९) देखि नोभेम्बर ३०, २०२३ सम्म सहभागीहरूको आवेदन फाराम खुला रहने छ । राष्ट्रिय रूपमा चयन गरिएका कुल सहभागीहरुमध्ये ५० जना सहभागीहरूले निमा एकेडेमीमार्फत उद्योग विशेषज्ञहरूद्वारा परामर्श तथा मार्गदर्शन प्राप्त गर्ने छन् । उनीहरूलाई जनवरी र फेब्रुअरी २०२३ को बिचमा आयोजना हुने तय गरिएको क्षेत्रीय प्रतिस्पर्धा समारोहमा सम्मानित गरिने छ । कुल ५० टिमहरूमध्ये शीर्ष १० टिमहरूलाई २०२४ अप्रिलमा दुबईमा हुने ग्रान्ड फिनाले समारोहको लागि छनोट गरिने छ ।

शीर्ष १०० अन्तर्राष्ट्रिय सहभागीहरूलाई अमेरिकी डलर २५,००० बराबरको रकम वितरण गरिने छ ।

निमा एकेडेमी शिक्षा क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव भएका शिक्षाविद्द्वारा सन् २०१८ मा स्थापित एक एडटेक कम्पनी हो । डिजिटलाइजेसनको माध्यमबाट नेपाली शिक्षा प्रणालीमा दशकौँदेखिको शैक्षिक विशेषज्ञतालाई आधुनिक प्रविधिसँग जोडेर नेपालमा परम्परागत सिकाइ विधिलाई स्तरोन्नति गर्ने यसको मुख्य उद्देश्य रहेको छ ।
आफ्नो स्थापना कालदेखि नै निमा एकेडेमीले २१ औँ शताब्दीका विद्यार्थीहरूको आवश्यकताअनुरूप भिडियो तथा विभिन्न ई–लर्निङ स्रोतहरू विकास गर्दै आएको छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.