काँक्राका फाइदै-फाइदा, कुन समयमा खानु राम्रो ?

चर्को गर्मीमा काँक्रा खानुको मज्जा नै बेग्लै हुन्छ । धेरैजसो सलादकै रुपमा खाइने काँक्राले शरीरलाई हाइड्रेटेड राख्नुका साथै छालाको सौन्दर्य पनि बढाउँछ । काँक्राका बेफाइदा नै छैनन् भन्दा पनि हुन्छ, यसका फाइदै फाइदा छन् । यसमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, फलाम, सल्फरजस्ता बहुपयोगी तत्व समेत काँक्रामा पाइन्छ । पोषक तत्वले भरिपूणर् यस फलमा ९६ प्रतिशतसम्म पानीको मात्रा पाइने गर्छ । एक अध्ययनअनुसार कम फ्याट र क्यालोरीले भरिपूणर् काँक्राले धेरै रोग लाग्नबाट बचाउँछ ।

काँक्रा खाने सही समय
बिहान खाली पेटमा काँक्रा खानु पाचनक्रियाका लागि फाइदाजनक हुन्छ । त्यसपछि बिहानको खानापछि, दिउँसो, बेलुका जतिबेला पनि खान सकिन्छ । तर पनि रातमा भन्दा दिनमा उपभोग गर्दा पनि अझ लाभदायक मानिन्छ ।कसरी खानु राम्रो ? विशेषगरी काँक्रा सलादको रुपमा खाने गरिन्छ । यसबाहेक जुस बनाएर पनि खान सकिन्छ । काँक्राको जुस बनाएर खाँदा मधुमेहका लागि निकै फाइदाजनक हुन्छ । सलादमा स्वादका लागि नुन, खुर्सानी राखेर खान सकिन्छ तर यसरी खाँदा यसमा पाइने पोषक तत्व नष्ट हुन सक्छ । काँक्राका अचार बनाएर पनि खान सकिन्छ । तर अहिले बजारमा विभिन्न विषादी हालिएको काँक्रा आउने हुनाले खरिद गर्ने बेलामा सचेत हुनुपर्छ । किनेर ल्याउने बित्तिकै खाने भन्दा पनि केही समय मनतातो पानीमा राख्ने र त्यसपछि धोएर खान सकिन्छ ।

काँक्राका फाइदा
काँक्रामा भएको पोषक तत्वले रगत जम्न नदिने, हड्डीका मासी र रगतमा क्याल्सियमको स्तरलाई सन्तुलन राख्ने काम गर्छ । काँक्राले पाचन शक्ति बढाउने भएकाले कब्जियतको समस्याबाट मुक्त गराउँछ । यसमा क्यालोरीको मात्रा एकदमै कम हुन्छ । त्यसैले यसलाई तौल र पेटको बोसो घटाउन सेवन गर्ने गरिन्छ । यसले डिहाइड्रेसन हुनबाट रोक्छ । जसले गर्दा शरीरलाई हाइड्रेटेड राख्नुका साथै काममा जाँगर पनि दिन्छ ।

काँक्राले मेटाबोलिक दर बढाउन पनि मद्दत गर्छ, जसकारण पेटसँग सम्बन्धित समस्या पनि कम हुन्छ । त्यस्तै शरीरमा भएको कोलेस्टेरोलको मात्रालाई कम गर्न, अनुहारमा चमक ल्याउने गर्दछ । साथै काँक्रामा भएको पानीले विषाक्त तत्वलाई मानव शरीरबाट बाहिर फाली मिर्गौलाको पत्थरीलाई हटाउन, मुखको दुगन्ध हटाउन मद्दत गर्छ । त्यस्तो काँक्रामा भएको पोटासियमको मात्राले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.