पालुङटारमा अाज ३७२३ जनालाइ टाइफाइड खाेप लगाइयाे, ८५९१जनालाइ लगाउने लक्ष

गाेरखा, चैत्र २५

देशब्यापी रूपमा अाजदेखि शुरू भएकाे टाइफाइड बिरूद्धकाे खाेप पालुङटार नगरपालिकामा ३७२३ जनालाइ लगाइएकाे छ ।

नगरपालिकाकाे सबै वडाका १४ केन्द्र र २१ सेसन बाट गरी सेवा प्रदान गरी ३७२३ जना १५ बर्षमुनिका बालबालिकालाइ टाइफाइड बिरूद्धकाे खाेप लगाइएकाे छ ।

अाज खाेप लगाएकामध्ये १५-२३ महिनाका बालबालिका संख्या १४० रहेकाे छ  भने २४ महिना देखि १५ बर्ष मुनिका बालबालिका संख्या ३५८३ गरी कूल ३७२३ जना ले खाेप लगाएकाे पालुङटार नगरपालिका स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले जानकारी दिनुभयाे ।

गिरीका अनुसार अभियानका अवधिभरमा कूल ८ हजार ५ सय ९१ जना बालबालिकालाइ खाेप लगाउने लक्ष रहेकाे छ ।

११ स्थानीय तह रहेको गोरखामा दुई चरणमा खोप अभियान कार्यक्रम संचालन हुने बताइएको छ । उत्तरी गोरखाको विकट स्थानीय तह चुमनुब्री गाउँपालिका बाहेक अन्य १० स्थानीय तहमा पहिलो चरण अन्तरगत चैत्र २५ गतेबाट टाइफाइड खोप अभियान सुरु हुने स्वास्थ्य कार्यालय गोरखाका प्रमुख तामाङले बताइन् । उनका अनुसार पालुङटार नगरपालिकामा आठ हजार पाँच सय ११ जना, धार्चे गाउँपालिकामा चार हजार तीन सय ९२, आरुघाट गाउँपालिकामा पाँच हजार आठ सय ५७ र बारपाक सुलिकोट गाउँपालिकामा पाँच हजार पाँच सय ९६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जनाएको छ ।

अजिरकोट गाउँपालिकाका तीन हजार दुई सय ७२, गण्डकी गाउँपालिकाका चार हजार पाँच सय ९३, गोरखा नगरपालिकाका १५ हजार तीन जना र शहीदलखन गाउँपालिकाका चार हजार चार सय ३७ जना बालबालिकालाई टाइफाइड खोप लगाउने लक्ष्य रहेका छन् । त्यस्तै, भिमसेन थापा गाउँपालिकाका चार हजार एक सय ३१, सिरान्चोक गाउँपालिकाका चार हजार दुई सय ४९ र चुमनुब्री गाउँपालिकाका एक हजार दुई सय ४८ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । दोस्रो चरण चुमनुब्री गाउँपालिकामा दोस्रो चरण अन्तरगत वैशाख ५ गते देखि १० गते सम्म खोप अभियान संचालन हुने जनस्वास्थ्य कार्यालय गाेरखाले जानकारी दिएकाे छ ।

टाइफाइड रोग विभिन्न ब्याक्टेरिका संक्रमित व्यक्तिको दिसाबाट दुषित भएको खाना, पानी माध्यमबाट यो रोग सर्ने गर्दछ ।
यो रोगले जुनसुकै उमेरका व्यक्तिहरुमा पनि हुने तर १५ वर्ष मुनिका बालबालिकाहरुमा सक्रमण दर र रोगको जटिलता उच्च हुने भएकाले खोप लगाउनुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन।

विगत ३ वर्षको तथ्यांक अनुसार पानी र खानेकुराहरुबाट हुने संक्रामक रोगहरुमध्ये टाइफाइड तेस्रो स्थानमा रहेको र अस्पतालमा भर्ना हुने विरामीहरु मध्ये मृत्यू हुनेमा चौथौ कारण यहि रोग रहेको बताइएकाे छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.