गाेरखा । शहिदलखन गाउँपालिकामा रहेकाे आइसाेलेशन केन्द्रमा रहेका विरामिहरुकाे निगरानी सिसि क्यामेरा मार्फत कम्प्युटर माेनिटरबाट गर्न थालिएकाे छ ।
गाेरखा निर्वाचन क्षेत्र नम्बर १ का पूर्व साँसद हरिराज अधिकारी विरामीकाे अवस्था बारे जानकारी लिन आज पालिका पुगेका थिए । शहिदलखन गाउँपालिकाले पालिकामा आइसाेलेन केन्द्र बनाएर अक्सिजन चाहिने विरामीहरुका लागि डाक्टरकाे उपस्थितिमा उपचार गर्दै आइरहेकाे छ ।
पालिका भित्र ३०० भन्दा धेरै सङक्रमितहरु रहेका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए ।